Monday, April 27सत्यम खबर
Shadow

एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए एघार हजार

नेपालगन्ज, १९ जेष्ठ – नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उहाँले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेको हिमालय इंजीनियरिंग वर्कशॉप एंड ट्रेडर्सका सञ्चालक समेत रहनुभएका अन्सारी नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चालन गरिरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताउनुभयो ।

पत्रकार महासंघका शुभचिन्तक अन्सारीले संघको कार्यसमितिमा रहँदा पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँले उद्योगी व्यवसायीको हकअधिकारका लागि सदैव आवाज उठाउने गरेको यहाँका उद्योगी व्यवसायी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *