
खजुरा, १३ जेष्ठ – खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी लिलबहादुर थापाले खजुरा गाउँपालिकाद्वारा सञ्चालित आइसाेलेशन सेन्टरका लागि नगद अस्सी हजार रूपैया सहयाेग गरेका छन् ।
लिलबहादुर थापा हाल अमेरिकामा रहेकाे हुँदा उनले आफ्नाे दिदी देउमति थापामार्फत अस्सी हजार खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई आईसाेलेशन व्यवस्थापनकाे लागि बुझाईएकाे जनाईएकाे छ ।
उपलब्ध गराईएकाे रकम कोरोना पीडित बिरामीका लागि आवश्यक स्वास्थ्य सामाग्री एवं ब्यवस्थापन खर्चका लागि खर्च गर्न भनी आफुले सो रकम आफ्ना स्वर्गीय बुबा गजबहादुर सिजाली र स्वर्गीय आमा कौशिलादेबि सिजालीको स्मरण स्वरुप बिपतको घडीमा आफ्नो पालिकाका जनताका लागि थोरै भएनी सहयोग होस भन्ने उद्देश्यले पठाइ दिएको कुरा वहाँको दिदी देउमति थापाले बताउनुभयाे ।
उक्त रकम सहयोग गरि दिन हुन पहल गरेका खजुरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकवीर सुनारले आफ्नो साथी भएकोले सहयोग दाता लिलबहादुर थापालाई धन्यवाद दिनु भएकाे छ ।
सो रकम खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिलाई वहाँको दिदी देउ मति थापा, भाउजू तारा रानामगरमार्फत आज विहिवार हस्तान्तरण गरिएको थियोे ।
उक्त रकम खजुरा गाउँपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा गरिने जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कक्षपतिले स्वास्थ्य सामाग्री र आईसाेलेन व्यवस्थापनमा खर्च गरिने जानकारी गराउनु भयाे । साथै मनकारी सहयोगि मन भएका थापालाई उज्ज्वल भबिस्यको कामना स्वरुप उपाध्यक्ष एक माया बिकले धन्यवाद दिएका थिए ।
