Monday, May 4सत्यम खबर
Shadow

कुर्मी वर्माद्वारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको मित्र मण्डल सुन्दरकाण्डद्वारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोगको क्रम जारी रहेको छ ।


“कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई आज शुक्रबार खाद्यान्न सहयोग गरिएको जानकारी गराउँदै कुर्मी वर्मा समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले आजबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको छ । आउने दिनमा सहयोग कार्यलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।
कुर्मी वर्मा सहयोगी हात बाँकेद्वारा जीरा मसिनो चामल ५ क्वीन्टल, अरहर दाल ५० किलो, पिठो ५० किलो, आलू १ क्वीन्टल, तोरीको तेल १० लिटर, आयोडिन नून २० पोका, गुड (भेली) ४० के.जी. र खानेपानी ५० पेटी (अक्षरेपी ६० हजार बराबर) भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अन्जनी माता रसोई घरलाई सहयोग गरिएको डा. कौशलकुमार वर्माले बताउनुभयो ।


सहयोग कार्यक्रमका प्रमुख अतिथि रहेका नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणाले सहयोगी हातहरुले गरेको सहयोगप्रति धन्यवाद दिंदै भेरी अस्पताल प्राङ्गण भित्र सञ्चालनमा रहेको अन्जनी माता रसोई घरमा उपमहानगर भित्र रहेका गरिब परिवारहरुले समेत साँझ–बिहान खाना खाने व्यवस्था मिलाईएको हुँदा सबैले यस मानवीय सहयोगी कार्यमा हातेमालो गर्न अनुरोध गरेका छन् ।

सहयोग हस्तांतरण कार्यक्रम मा भेरी अस्पतालका सुपरिटेण्डन डा. प्रकाश थापा, अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रमोद धितालको समेत उपस्थिति रहेको थियो ।
उक्त अवसरमा स्वास्थ मापदण्डको पालना गर्दै समाजका अगुवाहरु रामकुमार चौधरी, सुरेन्द्र वर्मा, बिराट वर्मा, रबिन्द्र चौधरी, बिशाल वर्मा, बिनोद वर्मा, वडा न १८ का वडाअध्यक्ष दीपक वर्मा उपस्थित भई खाद्यान्न हस्तांतरण गरे का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *