दुख हरण यादव
गढवा, ३ जेष्ठ – बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले अहिले अधिराज्य भरीनै आक्रान्त छाइरहेको छ । बिरामीको लागि अस्पतालमा बेड छैन, सिलिन्डर पाइए त्यस भित्र अक्सिजन हुँदैन । कहि एउटै अक्सिजन दुई बिरामीमा प्रयोग गरेको पनि सुनिन्छ ।
अस्पतालमा बिरामीको चाप बढ्दा राजनैतिक दलको सिफारीस पछि मात्र भर्ना पाएको गुनासो पत्रपत्रिका मिडियामा आउन लागेको हामी सुनेका छौ । मानौ यो धर्तीमा मानव सेवा र मानवता अब सकिएको छ । तर आरम्भ लघुबित्त गढवाका कर्मचारी मानवसेवामा अग्र भागमा रहेर गरेको सहयोगले सेवा भावको राम्रो उदाहरण दिएको छ ।
आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका कर्मचारीहरुले मिलेर आफ्नो गाँस काटेर गढवा गाउपालिकाले सञ्चालन गरेको गढवा कोभिड आइसोलेसन सेन्टरका बिरामीलाई लक्षित गर्दै स्वास्थ्य सामाग्री तथा फलफुल सहयोग गरेको छ ।
आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था बुटवल रुपन्देहीका अनुगमन अधिकृत बसन्तकुमार शर्माको नेतृत्वमा गढवा शाखाका प्रमुख नवीनकिशोर अधिकारी तथा कर्मचारी मेनका यादव र टीका आचार्यले आइसोलेसनका बिरामीको बसाइ सजिलो होस् भन्ने उद्देश्यले गाँस काटेर सहयोगी भावनाले मास्क २०० थान, सेनिटाइजर ८ थान, डस्टबिन ८ थान, गम्छा, साबुन, ब्रश, टुथपेस्ट ८÷८ थान र फलफुल ८ किलो सहयोग गरेको अनुगमन अधिकृत गढवा निवासी शर्माले बताउनुभयो ।
त्यसैगरी गढवा शाखा प्रमुख नबिनकिशोर अधिकारीले कोरोना महामारीसाग लडिरहेका बिरामीलाई सहयोग हुने हेतुले हाम्रो कर्मचारीले स्वस्फुर्त रुपमा यो गरेको कामले अन्य संघ संस्था उत्प्रेरित हुने बिस्वास ब्यक्त गर्नुभयो ।
स्वास्थ्य सामाग्री बुझ्दै गढवा कोभिड आइसोलेसन सेन्टरका इन्चार्ज सुर्य नारायण यादवले आरम्भ चौतारी लघुबित्त बित्तिय संस्थाले मानव परोपकारको लागि गरेको यो कार्य प्रशंसनीय रहेको बताउादै आरम्भ चौतारीका कर्मचारिले आफ्नो खर्च कटाएर गरेको सहयोगको पुर्ण रूपमा सदुपयोग गर्दै बिरामीको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कोरोनाको पहिलो चरणमा पनि गढवा गाउँपालिकाले विपन्न तथा गरिब समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नको लागी सञ्चालन गरेको राहत कोषमा १० हजार सहयोग गरेको थियो ।