
नेपालगन्ज, ३० बैशाख – नेपाल शिक्षक संघले अाफ्नाे ३२ स्थापना दिवसको उपलक्ष्यमा सुन्दरकाण्ड मित्र मण्डलद्वारा सञ्चालित अञ्जनी माता रसोईलाई सहयाेग उपलब्ध गराईएकाे छ ।
काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे हटस्पाेट बनेकाे नेपालगन्जका धेरै संक्रमितहरू भेरीमा रहेकाे तथा उनीहरूकाे सेवामा साँझ-बिहान खाने खानाकाे व्यवस्था गर्दै अाईरहेकाे अञ्जनी माता रसाेईलाई थाेरै भएपनि अार्थिक सहयाेग गर्न पाएकाेमा संघका अध्यक्ष विरेन्द्र यादवले खुशी व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले नगद २ हजार ५ सय सहयाेग गरेकाे जानकारी गराउँदै यस्ताे मानवताप्रेमी कार्यमा सबैले हातेमाले गर्नुपर्ने बताउनुभयाे ।
