Monday, April 27सत्यम खबर
Shadow

निषेधाज्ञाको आदेश नाटक मात्रः सरकारी निकाय नै फैलाउनमा सक्रिय रहेको देखियो

“विद्रोही”
मिति २०७८ बैशाख १६ गते

विद्रोही


नेपालगन्जमा नयाँ मेरियन्टको नोभल कोरोना भाईरस कोभिड–१९ को प्रकोप यति बढेको छ कि यहाँ रोजिन्ना दर्जनौ व्यक्तिको मृत्यु भईरहेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि यस माथि नियन्त्रण पाउन पहिले १ हप्ताको लागि वीएचसीले नगरमा लकडाउन लगाऔं । अहिले जिल्ला प्रशासन कार्यालय बाँकेले पुरै जिल्लामा निषेधाज्ञा बैशाख १३ गतेदेखि २० गते राती १२ बजेसम्मको लागि लगाएको छ । तर यस विषेधाज्ञाको पालना कहि कतैबाट भएको देखिन्दैन । यसरी लगाईएको निषेधाज्ञा एक नाटक मात्र सावित भईरहेको छ । अहिले भारतको महाराष्ट्र, दिल्ली, लखनऊ लगायतबाट व्यक्ति धमाधम नेपालगन्ज नगरमा प्रवेश गरी रहेका छन् । उनीहरु मध्ये कति जना कोरोनाबाट संक्रमित छन् यस बारे स्वास्थ्य जांच गरिएको छैन ।


भारतबाट व्यक्ति निर्वाह ढंगले आउने गरिएकोले यहाँ संक्रमण तिब्र रुपले फैली रहेको छ । यो संक्रमण अगामि हप्ता अझ तिब्र रुपले फैलिने अनुमान रहेको छ । विगत वर्ष २०७६ चैत्र ११ गते देखि गरिएको लकडाउन वर्तमान निषेधाज्ञादेखि धेरै नै प्रभावी थियो । त्यसपहिले कोरोनाको प्रभाव बढी छ यस समय प्रशासनले सामाजिक दुरी को पालना गराउने भीडभाड नगर्न दिनु पथ्र्यो तर अहिले यसो भएको छैन । निषेधाज्ञा बीच सैयौं व्यक्ति साईकल, मोटर साईकल, ई–रिक्सा लगायतबाट निर्वाह ढंगले हिडडुल गर्न पाएका छन् । यहाँको मुख्य–मुख्य चोकमा केही प्रहरी जवान तैनाथ छन तर उनी प्रहरी जवानहरुले व्यक्तिको हिडडुल माथि रोक लगाएका छैनन । मात्र मुखमा मास्क नलगाउनेलाई रोक्ने र मास्क लगाएपछि छाड्ने कार्यले गर्दा निषेधाज्ञा एउटा मजाक जस्तो बन्न पुगेको छ । अहिले कोरोनाबाट कम तर सुगर, ब्लडप्रेसर, थाईराईड, मुटुका अधिकांश रोगीको रोजिदा मृत्यु भईरहेको छ । कोरोना भने अब घर–घरसम्म फैली सकेको छ । कोरोना टेष्ट गरियो भने ९० प्रतिशत व्यक्ति संक्रमित रहेको पाउन सकिन्छ । अहिले आफ्नो ईम्युनिटी पावरको भरमा जिउँदो छन् जसको ईम्युनिटी पावर कमजोर छ त्यसको मृत्यु भएको छ । अहिले स्थिति यो छ कि बुलबुलिया स्थिति हिन्दु शमशाम भूमिमा रोजिन्ना ८–१० जना मृत्यु भएकाहरुको अन्तिम संस्कार भई रहेको छ । त्यत्तिकै मात्रामा सिधनियाघाटको राप्ती नदीमा अन्तिम संस्कार भईरहेको छ । सल्यानी बंगाला स्थित मुस्लिम कब्रिस्तानमा पनि यस्तै नै स्थिती छ । यहाँ पनि रोजिन्ना ४–५ जना मृतक व्यक्तिलाई सिप्रुदै खाक गरिने क्रम जारी छ । बडो विषम स्थितीबाट नेपालगन्ज अहिले गुज्री रहेको छ ।
यस्तै स्थिती अझ विद्यमान रहने हो भने अर्को महिनामा अझ भारी संख्यामा व्यक्तिको मृत्यु हुने अनुमान छ । नेपालगन्जमा कोरोना संक्रमण फैलिन नदिन प्रशासन कमजोर रहेको देखिन्छ । प्रशासनले भिडभाड कम गर्न सकेको छैन । यस बीच केही सरकारी निकाय यस्ता छन् जुन कि स्वयं भिडभाड गराउन सक्रिय रहेको देखिन्छन् । बाँके जिल्ला स्थित तथ्यांक कार्यालयले. नयाँ जनगणना अभियान चलाउन आज विहिबारदेखि नेपालगन्ज नगरदेखि करीब १५ किलोमिटमा रहेको झण्डहवा गाउँ विद्या सदन स्कूलको एउटै प्राङ्गणमा २ सय ५० जनालाई सहभागी गराई जनगणना तालिमको आयोजना गरेको छ । स्कूलको एउटा कक्षामा १३ जनालाई सामुदायिकरुपमा जनगणना तथ्यांक संकलन गर्ने तालिम दिने काम शुरु गरिएको छ ।


यो तालिम कार्यक्रम हप्तौ दिन सम्म चलाउने योजना रहेको छ । तालिम लिन पुगेका २ सय ५० जना मध्ये कतिजनामा कोरोनाको प्रभाव छ । यसबारे स्वास्थ्य जाँच गरिएको छैन । यहाँ २ सय ५० जनामा १ जना पनि कोरोना संक्रमित भए यसै कोरोना फैलिन खतरा छ । सरकारले भिडभाड नगर्ने, सामाजिक दुरी पालन गर्ने कुराको प्रचार प्रसार गरिरहेको छ । तर तथ्यांक कार्यालयले यस्तो कुरा तर्फ ध्यान नदिई आफै तालिम कार्यक्रमको आयोजना गरी भिडभाड गरी रहेकोले तालिम कालमा कोरोनाको संक्रमण फैले यसको दोषीको ? यसबारेमा आवाज उठ्न शुरु भएको छ । यस कारण सम्बन्धितहरुले यस तर्फ ध्यान पु¥याई कोरोनाको महामारीमा तथ्यांक कार्यालयले आयोजना गरेको यस्तो तालिम कार्यक्रम माथि रोक लगाईन्दै तालिमको आव्हान गर्ने जिम्मेवार व्यक्ति माथि कडा कारवाही चलाउनु पर्ने अहिले आवश्यक रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *