नेपालगन्ज, ११ बैशाख – पूर्व शहरी विकास मन्त्री तथा बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद मोहम्मद ईस्तियाक राईले नेपालगन्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।
पुर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् । मन्त्री राईल भने–‘नेपालगन्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको बिरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।’
पछिलो समय नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।
यहीबेला पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का सांसद राईले भेरी अस्पताललाई ५० लाख रकम भेरी अस्तपताललाई अक्सिजन खरीदका लागि उपलब्ध गराएका छन् । बाँके क्षेत्र नम्वर २ का सांसद राईले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत हुने भनी भेरी अस्पताललाई ५ हजार थान अक्सिजन खरीदका लागि उक्त रकम प्रदान गरेको बताउनु भयो ।
पुर्वमन्त्री राईले कोरोना विरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् ।