Friday, November 22सत्यम खबर
Shadow

यौन व्यवसायीलाई रोकथाम गर्न नसके जिल्ला नै बदनाम हुने, यौन व्यवसायमा संलग्न ७ जना पक्राउ,

नेपालगन्ज, ९ बैशाख – बाँके जिल्लाभरी होटल तथा रेष्टुरेन्टहरुमा यौन व्यवसायीहरुले खुला रुपमा मै यौन व्यवसाय गर्न शुरु गरेपछि यहाँका विभिन्न सञ्चारमाध्यमकहरुमा त्यसबारे पटक पटक समाचार प्रकाशनमा आयो ।र्
उक्त विषयका बारे प्रकाशनमा आएपछि सम्बन्धित निकायले त्यसबारे समेत गहिरो अनुसन्धान गरी हाल केही स्थानमा मात्र छापामारी होटल सञ्चालकदेखि यौन व्यवसायमा संलग्न ७ जनालाई हिरासतमा राखेको छ ।
यसबारे बाँके जिल्लाबासीहरु सित कुराकानी गर्दा उनीहरुले यो प्रहरी प्रशासनद्वारा गरिएको एकदम सकारात्मक पाईला हो । यसैगरी अन्य स्थानमा यौन व्यवसाय जहाँ सञ्चालन रहेको छ त्यहाँ पनि अब निगरानी गरी प्रहरी प्रशासनले ठोस पाईला चाल्नु आवश्यक देखिएको बताउँछन् ।


यस विषयमा मिश्रित भनाई आईरहेको पाईन्छ । कसै–कसैले नेपाल सरकारले वेरोजगारी श्रृजना गरेको हुँदा आम सर्वसाधारणहरुलाई काम नै नदिएपछि के गरुन जस्तो विचार राखिरहेका छन् भने कसैले होइन यो गलत हो, यसबाट हाम्रो समाज नै बिग्रिने तथा यसलाई बेलामा रोकथाम गर्न नसके जिल्ला नै बदनाम हुने जस्तो तर्क राखेका छन् ।
बाँके जिल्लाको बिभिन्न स्थानका होटलहरुमा यौन व्यवसाय मौलाउँदै गएको भन्ने जनगुनासोको आधारमा बुधबार प्रहरीले छापा संचालक तथा व्यवसायमा संलग्नलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का संयुक्त नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राँझाका विभिन्न होटलबाट सञ्चालक तथा यौन व्यवसायमा संलग्नहरुलाई नियन्त्रणमा लिएको जनाएका छ ।
नियन्त्रणमा रहेकाहरुमा काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वडा नं. ११ घर भई जिल्ला बाँके नेपालगन्ज वडा नं. २० राँझा स्थित काठमाण्डौ गेष्ट हाउसका सञ्चालक वर्ष ४२ को नैनबहादुर भन्ने नथनबहादुर नापित, सोही होटल र गेष्ट हाउसबाट जिल्ला बर्दिया बढैयातालकी एक १८ वर्षीया किशोरी, नेपालगन्ज वडा नं. २० घर भई सोही स्थानमा भेरी महाकाली गेष्ट हाउस सञ्चालन गर्ने वर्ष ४२ कि पार्वती नाथ रहेका छन् ।
त्यसैगरी, सोही होटल र गेष्ट हाउस बाट जिल्ला कैलाली लम्की चुहा नगरपालिकाकी २४ वर्षीया महिला, सोही होटल र गेष्ट हाउसबाट जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ वस्ने वर्ष २८ वर्षीया महिला, नेपालगन्ज वडा नं. २० घर स्थित विकास खाजाघरबाट जिल्ला दाङ बंगलाचुली गाउँपालिका वडा नं. १ वस्ने वर्ष ३२ वर्षीया महिला र सोही खाजा घरबाट जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं. १० वस्ने वर्ष २२ को राजेन्द्रबहादुर अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *