Friday, May 1सत्यम खबर
Shadow

हालसम्म कै ३ सय २२ संक्रमित पुष्टि, राेकथामकाे लागि ठाेस कदम नचाल्नु बिडम्वना

नेपालगन्ज, ६ बैशाख – बाँके जिल्लामा हालसम्म कै (काेभिड-१९) काेराेना भाईरस संक्रमितहरू देखा परेका छन् ।

बाँके जिल्लामा रहेका तीनवटा प्रयाेगशालमा भएकाे परीक्षणमा साेमबार राती १०:३० बजेसम्मकाे नतिजा अनुसार हालसम्म कै सबैभन्दा बढि ३ सय २२ जनामा काेराेना संक्रमण देखा परेकाे पुष्टी भएकाे बाँकेका फाेकल पर्सन तेज वलीले बताउनुभयाे ।

याे अवस्थालाई हेर्दा बाँके जिल्ला काराेनाले घेरिएकाे देखिन थालेकाे छ । पछिल्लो २४ घण्टामा जम्मा जाँच ६ सय ३१ जनाकाे स्याम्पल मध्ये एकैचोटी यति धेरै जनामा संक्रमण फेला परेकाे फाेकलपर्सन वली बताउँछन् ।

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा २ सय १९, बागेश्वरी डाईग्नाेष्टिकमा ३७ र नेपालगन्ज मेडकल कलेजमा ६६ जना गरि जम्मा ३ सय २२ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे बताईएकाे छ । याे अवस्था हेर्दा समेत प्रमुख जिल्ला अधिकारी मार्फन राेकथामकाे लागि कुनै ठाेस कदम नचाल्नु बाँकेबासीकाे लागि बिडम्वना बाहेक केही हुन नसक्ने अामसर्वसाधारणहरूकाे बुझाई रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *