
नेपालगन्ज, ६ बैशाख – जनता समाजवादी पार्टी नेपाल २०७७ पाैष ५ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा भएकाे संसद विघटनलाई असंवैधानिक कदम भन्दै सडक संघर्षकाे अग्रिणी माेर्चामा रही के.पी. ओली नेतृत्वकाे सरकारकाे विकल्पमा आन्दाेलनकारी दलहरूसँग सहकार्य गरि नयाँ सरकार बनाउने भूमिकामा रहेकाे विज्ञप्ती मार्फत जनाईएकाे छ ।
यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा रहेकाे शंकर पाेखरेलकाे नेतृत्वकाे सरकार विरूद्व अविश्वासकाे प्रस्ताव लैजान नेपाली काँग्रेस र नेकपा माओवादीसँग सहकार्य गरि आज बिहान जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहशराम यादवकाे अध्यक्षतामा बैठक बसी बहुमतबाट निर्णय भई अविश्वासकाे प्रस्ताव समेत संसद सचिवालयमा दर्ता गरि सकेकाे अवस्थामा पार्टीका विजयबहादुर यादव, सन्ताेष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले पार्टीकाे निर्णय विपरित पाेखरेल नेतृत्व सरकारमा सहभागी भई सपथ ग्रहण गरेकाे प्रति ४ जनासँग स्पष्टीकरण माग गरेकाे छ ।
उनहरूले तत्काल सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद समेत नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशाेककुमार यादवद्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएकाे छ ।
