Friday, May 1सत्यम खबर
Shadow

दुई दिने बाल्यकालिन पोषण तालीम सम्पन्न

नेपालगन्ज, ६ बैशाख – बाँकेको जानकी गाउँपालिका अन्तर्गत बेलहरी स्वास्थ्य चौकीले आफ्नो मातहतमा कार्यरत रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागी दुई दिने मातृशिशु तथा बाल्यकालिन पोषण तालीम सम्पन्न गरेको छ ।
दुई दिने बैशाख ३ गते सम्पन्न मातृशिशु तथा बाल्यकालिन पोषण तालीम इन्रोडयूक संस्थाको आर्थिक सहयोगमा बेलहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सो तालीममा सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा बेलहरी स्वास्थ्य चौकीका प्रमुख टामलाल बेल्वासेले दुई दिने मातृशिशु तथा बालबालिका पोषण तालीमको उद्देश्य माथि प्रकाश पार्दै समुदायमा बिद्यमान कुपोषणको समस्या रहेको प्रायजसो समुदायका मूल्यमान्यता अन्धविश्वासले गर्दा मातृशिशु तथा बाल्यकालिन पोषण स्थित कमजोर भएको र यसलाई हटाउन महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा स्वास्थ्यकर्मीहरु आपसमा मिलेर चेतनामूलक कार्यक्रम तथा परामर्श गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।


साथै मातृशिशु तथा बाल्यकालिन पोषणमा सुधार ल्याउन विवाह २० वर्ष पछि गर्नु पर्ने, जन्मान्तर गर्नु पर्ने, र प्रोटकल अनुसार गर्ने जाँच, खोप सेवा, नियमित २ वर्ष सम्म तौल अनुगमन गर्नु पर्ने र स्थानीय खाद्य पद्धार्थको अधिकतम प्रयोग गर्नु पर्नेको बारेमा बताउनुभएको थियो । सो दुई दिने तालीममा कार्यक्रममा इन्रोडयूक संस्थाका लक्ष्मी खडकाको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *