
मोहित मिश्रा
नेपालगन्ज, ६ बैशाख – बाँकेको भेरी अस्पताल नेपालगन्ज खोप केन्द्रबाट कोभिड–१९ बिरुद्धको दोस्रो चरणको खोप बैशाख ७ गतेदेखि लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोभिड चेन निरीक्षक जनकराज गिरीका अनुसार कोभिड–१९ बिरुद्धको खोप माघ १४ देखि २४ गते तथा फाल्गुन २ देखि १० गतेसम्मका प्रथम चरणको खोप लगाएका व्यक्तिहरुका लागी दोस्रो चरणको खोप बैशाख ७ र ८ गते बाँके जिल्लाका गाउँपालिका, उपमहानगरपालिका र नगरपालिका तथा भेरी अस्पतालको खोप केन्द्रबाट दिइने बताए ।
निरीक्षक गिरीका अनुसार पहिलो चरणको खोप लगाएका व्यक्तिहरुले आ–आफ्नो खोप कार्डसहित सम्बन्धित खोप केन्द्रमा गई दोस्रो चरणको खोप लगाउन सक्ने बताए ।


