Tuesday, March 31सत्यम खबर
Shadow

महामूर्ख सम्मेलन कार्यक्रमलाई निरन्तरता दिने प्रयास शुरु

नेपालगन्ज, ११ चैत – प्रेस स्वतन्त्रता सेनानी स्व. रामगोपाल वैश्य स्मृति प्रतिष्ठानबाट फागु पूर्णिमा होली पर्वमा महामूर्ख सम्मेलनलाई निरन्तरता दिने प्रयास शुरु गरेको छ । प्रतिष्ठानले यही चैत्र १५ गते दिउ“सो २ बजेदेखि नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडी र·ारंग, साहित्य र अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना होली पर्वको अवसरमा आयोजित गरिने भएको छ ।


कार्यक्रमको लागि सबै तयार पूरा गरिसकिएको छ । यस कार्यक्रम बीच प्रतिष्ठानले नेपालगन्जका एक जना चर्चित व्यक्तित्वलाई महामूर्ख सम्मेलनको अध्यक्ष घोषणा गरी कदरसम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।
महामूर्ख सम्मेलनको आयोजना सम्बन्धमा प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले भने –‘नेपालगन्जमा महामूर्ख सम्मेलनको आयोजना गर्ने परम्परा धेरै नै पुरानो छ, विगत दशकौंदेखि यो कार्यक्रम स्व. रामगोपाल वैश्य र स्व. मोहनलाल वैश्यले आयोजना गर्दै आउनु भएको थियो । उहा“हरुको देहावासन पछि यो परम्परा लोप हुने अवस्थामा छ, पुर्खाहरुले गरेको कार्य बिलिन नहोस् यसको लागि हाम्रो प्रतिष्ठानले यही चैत्र १५ देखि महामूर्ख सम्मेलनको आयोजना गर्ने परम्परालाई निरन्तरता दिने प्रयास पुनः शुरु गरेको छ ।’


प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको प्रयासबाट विभिन्न सामाजिक कार्यहरु भएको छ । वि.सं. २०७५÷९÷७ गते दिन नेपालगन्ज उद्योग वाणिज्य संघमा स्व. रामगोपाल वैश्यको वार्षिक पुण्यतिथीमा प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नलाल गुप्ता, स्व. मोहनलाल वैश्य र प्रेस स्वतन्त्रता सेनानी मोहम्मद लियाकत अली सिद्दिकीको कदर सम्मान कार्यक्रमको आयोजना गरी यो २०७६÷९÷७ गते दिन कोरोना संक्रमणको समय प्रतिष्ठानले भब्य ढंगले वार्षिक पुण्यतिथी मनाउन नसकेपनि सो दिन निल सागर अनाथ आश्रममा पुगी सुत्केरी महिला र अन्य गरिब, गुरुवाहरुलाई चिसोबाट बचाउन न्यानो कम्मल लगायत वितरण ग¥यो । यसरी विभिन्न सामाजिक सेवा कार्य गर्ने धेरै जिम्मेवारी प्रतिष्ठानमाथि आएको छ । यस्तो सामाजिक कार्यबाट अगामी वर्षको फागु पूर्णिमा होली पर्वमा महामूर्ख सम्मेलन आयोजित गर्न कठिनाई पर्न सक्छ । यस्तो कठिनाई नआओस र महामूर्ख सम्मेलन हरेक वर्ष निरन्तर रुपले आयोजना गर्न सकियोस् यसको लागि प्रतिष्ठानबाट आबद्ध एउटा छुट्टै महामूर्ख सम्मेलन समिति खडा गर्न सोंच राखेका छौं यो समिति निर्माण गर्ने चैत्र १५ गते र·ारंग कार्यक्रम बीच गर्ने बताए ।
उपाध्यक्ष गुप्ताले महामूर्ख सम्मेलनको अगुवा व्यक्तित्व रामगोपाल वैश्य र मोहनलाल वैश्य हुनुहुन्थ्यो यसकारण सम्मेलनमा उहा“हरुको कृति लोप नहोस् यसको लागि र·ारंग कार्यक्रममा लगाईने ब्यानरमा यी दुबै जना व्यक्तित्वको तस्वीर राखिने समेत जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *