Tuesday, November 26सत्यम खबर
Shadow

नेवाः मिसा दबूद्वारा नील सागरलाई सरसफाई सामान हस्तान्तरण

नेपालगन्ज, २८ फागुन – महाशिवरात्री पर्वको अवसरमा नेवाः मिसा दबू जिल्ला कार्यसमिति बाँकेले स्थानीय नील सागर वृद्धाश्रमलाई सरसफाईका सामाग्री तथा खाद्य वस्तुहरु हस्तान्तरण गरेको छ । आश्रममा आयोजित एक कार्यक्रमका वीच नेवाः मिसा दबू जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष शोभा श्रेष्ठले उक्त सामाग्रीहरु नील सागरका अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गर्नु भएको हो ।


सो अवसरमा साबुन, फिनाइल, हर्पिक, कुचो, बाल्टी, मग, सानिटाइजर, मास्क लगायत आश्रम र शौचालयको सरसफाई तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री लगायत खाद्य सामाग्रीहरु रहेका छन् ।
कार्यक्रममा नेवाः देय दबू जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मानव सेवा नै सर्वोत्कृष्ठ सेवा हो भन्दै आजकल जन्मदिन र अन्य व्यक्तिगत उत्सवका लागि होटेलमा गर्ने फजुल खर्च आश्रममा आएर आश्रमलाई सहयोग गरिरहेको चर्चा गर्नुभयो ।


त्यस्तै नेवाः देय दबू, बाँकेका सल्लाहकार पूर्णलाल चुके नेवाः देयः दबू र नेवाः मिसा दबूको संक्षिप्त परिचय दिंदै राज्यले वहन गर्नु पर्ने दायित्व नील सागरले वहन गरेर सराहनीय काम गरेको बताउनु भयो ।


नेवार समुदायको महिलाहरुको संगठन नेवाः मिसा दबू जिल्ला कार्यसमिति बाँकेका सल्लाहकार सरिता शाक्यद्वारा सञ्चालित सो कार्यक्रममा नील सागरका अध्यक्ष सरिता खनालले आश्रमको वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा युवा उद्योगपति राजेश नारायण श्रेष्ठ, नेवाः मिसा दबूका उपाध्यक्ष उमा श्रेष्ठ लगायत नेवाः मिसा दबूका एक दर्जन महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *