Thursday, March 12सत्यम खबर
Shadow

बाँकेको मियागञ्जमा धार्मिक मेला शुरु

बनकट्टी, १७ फागुन – डुडुवा– विगत बर्ष झै यसबर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला आज सोमबारदेखि शुरु भएको छ । मेलाको उद्घाटन फिरोज अहमद शाहले गर्नु भएको थियो । मेला स्थलमा पुग्नु भएका जनमत पार्टीका केन्द्रिय सदस्य इरफान अहमद शेषले यो धार्मिक मेलाले सामाजिक सद्भाव कायम गरेको बताउनुभयो ।


उहाँले यो दरगाह हलबलडोलीको सान र पहिचान भएको पनि बताउनुभयो । यो मेला सबैको आस्था र बिश्वासको धरोहर रहेको बताउँदै “यसको महत्व र पहिचानलाई अझै माथी उकास्ने हो भने धार्मिक पर्यटन क्षेत्रको रुपमा चिनाउन सकिने” बताउनुभयो । बर्षौदेखि लाग्दै आएको मेलामा आफुबाट हुने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । मेलाको पहिलो दिन शेषको साथमा रियाज अन्सरी, जाबिर हलवाइ, मेराज अन्सारी पुग्नु भएको थियो ।
मेलाको पहिलो दिनमा राती जलसाको कार्यक्रम हुने भएको छ । जलसामा भारतको विभिन्न जिल्लाबाट मेलालाई भव्य रुपमा सफल बनाउनका लागि धर्मगुरुहरु आउने भएका छन् । मेला फागुन १७ गतेदेखि चार दिनसम्म लाग्नेछ । बनकट्टीमा रहेको सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने मेलाका सञ्चालक इसराक अहमद शाहले जानकारी गराउनुभयो ।
मेलामा १८ गते बेलुकी कौवाली र १९ गते बिहान गागर, २० गते अन्तिम दिन चादर चढाउने कार्य गरिने मेला सञ्चालक गद्दी नशिन शाहले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *