
नेपालगन्ज, १० फागुन – बाँकेमा चितवाको छालासहित ३ जना पक्राउ परेका छन् । सल्यान बाघचौर नगरपालिका ३ वस्ने जित बहादुर डिसी, कुमाख गाउँपालिका ७ वस्ने कमल डि सी र सोही ठाउँ बस्ने हिमेन्द्र वली पक्राउ परेको बाँकेका एसपी ओमबहादुर रानाले जानकारी गराउनुभयो ।
राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हँुदै चितुवाको छालाको ओसारपोसार भईरहेको भन्ने सूचना प्राप्त भएको आधारमा कुसुम स्थित सडक खण्डमा शंकास्पद देखिएपछि उनीहरुलाई चेकजाँच क्रममा पक्राउ गरिएको थियो ।
त्यही क्रममा जितबहादुरले बोकेको कालो रंगको झोला भित्र दुई थान बाघको छाला बरामद भएको तथा उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख रानाले बताउनुभयो । शुरुवातको अनुसन्धानबाट पक्राउ गरिएकाहरु कारोबारी रहेको खुलेको जनाइए छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा हारजित हुने गरि जुवातास भईरहेको भन्ने सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
त्यस क्रममा भुट्टु मियाँसहित ९ जनालाई पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । योसँगै बाँके प्रहरीले चालु आर्थिक वर्षा ३५ जना जवाडेलाई पक्राउ गरि कारवाही गरेको जनाएका छन् । उनीहरुबाट ३ लाख ४८ हजार ६ सय १५ रुपैयाँ बरामद गरिएको छ ।
मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १२५ बमोजिम ३ महिनासम्म कैद वा ३० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
यसैगरी, नेपालगन्जबाट दश लाख भारतीय रुपैयाँसहित एक जना भारतीय पक्राउ परेका छन् । नेपालगन्जको भन्सार चेकपोष्टमा चेक जाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले भारतको दिल्ली बसोबास गर्दै आएका ५४ बर्षीय मुनब्वर खानलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी रानाले बताउनुभयो ।
प्रहरी प्रमुख रानाका अनुसार, ती व्यक्तीले नेपालमा प्रतिबन्धित १ हजार र ५ सय रुपैयाँका भारु रुपैयाँ लिएर आएका थिए । उनलाई आवश्यक चेकजाँचका क्रममा पक्राउ गरिएको आज सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पक्राउ परेका खान र दश लाख भारतीय रुपैयाँलाई आवश्यक अनुसन्धानका आज राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइएको बताउनुभयो ।
विशेदी विनियम ऐन २०१९ को दफा १७ बमोजिम बरामद रकम जफत गरि १० लाख देखी ३० लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
यसैगरी, बाईलर कुखुरासहित ४ जना बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ जयरामपुर स्थित मुबारक खाँ, भारत बरदैरिया बस्ने रवि गुप्ता, सद्दाम र्खा र सोही ठाउँ कै मुनु गुप्तालाई पक्राउ गरिएको ।
पक्राउ गरिएकाहरु अबैध रुपमा क्वारेन्टाईन नगराई ल्याएको बोईलर कुखुरा २ सय वटा (९०० के.सी.) फेला गरी नियन्त्रणमा लिएको तथा कुखुरा र पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि पशुपंक्षी क्वारेन्टाईन कार्यालय नेपालगन्जमा बुझाईएको बताईएको छ ।
आलु आर्थिक वर्षको हालसम्म बाँके प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट १६१६ कुखुरा, १५० के.जी. कुखुराको मासु सहित १५ जना तस्करलाई कारवाही गरिएको प्रहरी प्रमुख एसपी रानाले बताउनुभयो ।




