
नेपालगन्ज, १० फागुन – कुनै पनि प्राणीले जन्म लिएपछि मृत्यु हुनु स्वाभाविक र प्राकृतिक नियम हो भन्दा सबैले हाँ मै जवाफ दिन्छन् होला । तर जब त्यही मृत्यु कुनै घटना दुर्घटनाबाट हुन्छ, त्यसको पीडा कुनै एक व्यक्तिलाई मात्र नभई समाजमा पर्न जाने उदाहरणहरु तमाम भेटिने गरेका छन् ।
हाल दैनिक रुपमा भईरहेको दुर्घटनाका बारेमा नेपालगन्जमा करीब १०० बढी व्यक्तिसँग के कारणले दुर्घटना भएको होला वा हुन्छ भनी प्रश्न गर्दा सबैले आ–आफ्नो तर्क राखका छन् । त्यस तर्कमा ५० प्रतिशतभन्दा बढीको जवाफ तेज गतिमा नगर भित्र साधन चलाउनुलाई भनिएको पाईन्छ ।

Close-up of the front of the motorcycle destroyed the distorted wheel of a serious accident until the driver died.
यही तेज गतिले गर्दा शनिबारको दिन नेपालगन्ज वडा वं. ६ फुल्टेक्रामा ३ वटा दुर्घटना छुट्टाछुट्टै समयमा घटिसकेको रहेछ । त्यसमा दुईवटा दुर्घटना सार्वजनिक भएको पाईन्छ भने एउटा दुर्घटना सामान्य भएको हुँदा सार्वजनिक हुन पाएन ।
नेपालगन्ज फुल्टेक्रा स्थित रहेको अस्थाई ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज दमन सेनका अनुसार शनिबार फुल्टेक्रा स्थिति मोटसाईकल र साईकल चालक बीच भएको दुर्घटनामा साईकल चालक नेपालगन्ज वडा नं. १९, फुटहा बागवानपुरका वर्ष १७ का अनवर अली बागवानको मृत्यु भएको बताउनुभयो ।
त्यसैगरी सोही दिन राती करीब ७–८ बजेको बिचमा नहरपुर्वामा नेपालगन्ज वडा नं. ३ का सेफु अन्सारीले चलाएको मोटरसाईकलबाट कुकुरलाई ठक्कर दिंदा मोटरसाईकल चालक अन्सारीको मृत्यु भएको र पछाडी पसेका सरताजको अवस्था चिन्ताजनक रहेको ईन्चार्ज सेनाले बताउनुभयो ।
शनिबार घटेको घटनामा कारण एउटा रहेको पाईन्छ तेज गतिमा साधन दौडाउनु । होईन साधन चालकले किन यस्तो हतार गरेका होलान् ? किन उनले आफूलाई मात्र सोचेका होलान ? आफ्नो घर परिवार, नातेदार, रिस्तेदार र समाजमा भएका साथी–भाईहरुलाई किन सोचेनन् ? तिनी माथि हुने पीडाको बोध किन गरेन् ? जस्तो प्रश्न उब्जने गरेका छन् ।
त्यसमाथि सम्बन्धित निकायहरुलाई दिईएको जिम्मेवारीबाट कतै कोही पछी हटेको वा लापरवाही भएको त होईन भन्ने प्रश्न समेत उठेको पाईन्छ ।
त्यसैगरी आईतबार राती ८ः३० बजे डुडुवा गाउँपालिकाको पुरैनी स्थित राप्ती आयल नजिक ट्याक्टर चालकको समेत मृत्यु भएको पाईन्छ । चालक खजुरा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ३६ का चेतबहादुर थारु हुन् ।
यिनको पनि तेज गति कै कारण दुर्घटना भई मृत्यु भएको भनाई स्थानीयहरुले राखेका छन् ।
माथि उल्लेखित दुर्घटनाहरु त पात्र मात्र दैनिक देशभरी कति दुर्घटना घटना जसमध्ये कुनै सञ्चारमा आउने गर्दछन् त कुनै नआउने गरेका छन् । तर त्यसको कारण खोज्दा तेज गति नै बुझिन्छ । यदि तेज गतिबाट यतिका धेरै दुर्घटनाहरु भईरहेका छन् भने ट्राफिक प्रहरीको जिम्मेवारी के त ? भन्ने प्रश्न उठेको पाईन्छ ।
दुर्घटना ग्रस्त क्षेत्रका स्थानीयहरुको भनाई अनुसार यति ट्राफिकको जिम्मेवारी हो भने उसले गतिलाई नियन्त्रण गर्ने तर्फ पाईला चाल्नु आवश्यक देखिन्छ ।
यसबारे अस्थाई ट्राफिक प्रहरी फुल्टेक्राका प्रमुख सेनले आउने दिनमा हामीले यसतर्फ दरो पाईला चाल्ने बताउनु भएको छ । प्रमुख सेनले ‘आम जनसमुदायको पीडालाई महसुस गरी अबउप्रान्त तेज गति नियन्त्रण तर्फ हाम्रो पाईला बढ्ने’ बताउनुभयो ।
प्रमुख सेनले ‘आजदेखि दैनिक रुपमा ४ बजेदेखि राती ८ बजेसम्म सम्बन्धित स्थानहरुमा हामी आफै खटिने छौं, आम जनसमुदायको पीडालाई हामीले पहिलो प्राथमिकता राखी आफ्नो कर्तब्य पालना गर्नेछौ’ भन्नुभयो ।
