Friday, November 22सत्यम खबर
Shadow

कस्तो छ आजको शुभ साइत ?

 बुधबार, फाल्गुन ५, २०७७

आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।

आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:३९ बजेदेखि ८:०३ बजेसम्म लाभ बेला
बिहान ८:०३ बजेदेखि ९:२८ बजेसम्म अमृत बेला
बिहान ९:२८ बजेदेखि १०:५३ बजेसम्म काल बेला
बिहान १०:५३ बजेदेखि १२:१७ बजेसम्म शुभ बेला
बिहान १२:१७ बजेदेखि १:४२ बजेसम्म रोग बेला
दिनमा १:४२ बजेदेखि ३:०७ बजेसम्म उद्धेग बेला
दिनमा ३:०७ बजेदेखि ४:३१ बजेसम्म चर बेला
दिउँसो ४:३१ बजेदेखि ५:५६ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२:०० देखि १:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *