Monday, April 13सत्यम खबर
Shadow

एसओएसद्वारा क्यारियर काउन्सिलिङ सम्पन्न

नेपालगन्ज, २ माघ – एसओएस बालग्राम सुर्खेतको आयोजना तथा युवालय नेपालगन्जको संयोजनमा यहाँ क्यारियर काउन्सिलिङ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एसओएस बालग्राम सुर्खेत र युवालय नेपालगन्जका बालबालिकाहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।


एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका पेशा र व्यवसायमा सफल व्यक्तित्वको रुपमा समाजमा परिचित अतिथिहरुबाट उत्प्रेरणात्मक मन्तव्य राख्नु भएको थियो ।
एसओएस बालग्राम सुर्खेतका निर्देशक गिरीले पारिवारिक स्याहार कार्यक्रम अन्तर्गत एसओएस बालग्राम सुर्खेतबाट हुर्की आएका बालबालिकाहरुलाई प्रवेशिका परीक्षापछि नेपालगन्ज युवालयमा ल्याएर उचित शिक्षा र सीप प्रदान गरी एक असल नागरिक सरह स्वावलम्बी बनाई समाजमा पुनःस्थापना गर्ने काम भइरहेको बताउनु भयो । हरेक वर्ष सुर्खेतमा आयोजना गर्दै आएको यो कार्यक्रम यसपाली नेपालगन्जमा ल्याएर पहिलो पटक आयोजना गरिएको जानकारी दिनुभयो ।


सो कार्यक्रममा वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले एस.ओ.एस.का संस्थापक डा. हर्मन माइनरको उच्च अवधारणाबाट जोखिममा परेका र अभिभावक गुमाउन वाध्य बालबालिका तथा युवाहरुलाई संरक्षण, पालनपोषण र शिक्षा दिक्षा दिएर देशको योग्य नागरिक बनाउन राज्यले लिनुपर्ने अभिभारा र दायित्व एस.ओ.एस.ले बहन गरेकोमा सराहना गर्नु भयो । उहाँले आफ्नो पत्रकारिता र सामाजिक जीवनको उतार चढावको अनुभव कार्यक्रममा पोख्नु हुँदै जीवन भनेकै सुखदुख र संघर्षको सम्मीश्रण नै जीवनको अर्को नाम हो भन्दै आफ्नो लक्षमा पुग्न र सफलताको शिखर चुम्न संघर्षशील, लगनशील र मेहनती हुनु आवश्यक भएको बताउनु भयो ।
सो अवसरमा फत्तेबाल आँखा अस्पतालका डा. देवराज भारती, बर्दिया मैनापोखरका सफल उद्योगपति दिपक खनाल, स्प्रिङ्डेल बोर्डिङ स्कुलका संस्थापक शरद रावलले उत्प्रेरणात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो ।


एसओएसमा हुर्किएर पारिवारिक तथा सामाजिक जीवनमा प्रवेश गरेर स्वावलम्वन तर्फ उन्मुख भएका सावित्री त्रिपाठी, मेडिकल कलेजकी नर्सिङ बिना बुढाथोकी, अधिवक्ता उर्मिला नेपाली, नेपाली सेनाबाट अवकाश प्राप्त खडानन्द पौडेल, कुखुरा पालन व्यवसाय सञ्चालक भक्त बहादुर सोमाई, ओभरसियर नेपाल लाइफका सुपरभाइजर धर्मराज जैसी, लेखन व्यवसायी लाल बहादुर रोकायले आफ्नो जीवनमा भोगेका अनुभव र एसओएस बारे आ–आफ्ना धारणा राख्नु भएको एसओएस युवालय नेपालगन्जका सह निर्देशक मीना तुलाधारले जानकारी दिनुभयो ।
एस.ओ.एस. युवालय नेपालगन्जका नायव निर्देशक विश्वासले कोरोना संक्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्थामा पनि एसओएसले आफ्ना बालबालिकालाई उचित हेरचाह र उनीहरुले चाहे अनुसार स्तरीय शिक्षा दिंदै सामाजिक सुरक्षा अधिकारका लागि गम्भीर हुँदै पारिवारिक स्याहार कार्यक्रम र सामाजिक सेवा केन्द्रलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बाँके, बर्दिया र सुर्खेतका एस.ओ.एस.का युवा तथा बालबालिका समेत करीब ५० जनाको सहभागिता रहेको सुपरभाइजर लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
एस.ओ.एस.का संस्थापक डा. हर्मन माइनरको उच्च अवधारणाबाट सन् १९४९ मा जोखिममा परेका र अभिभावक गुमाउन वाध्य बालबालिका तथा युवाहरुलाई संरक्षण, पालपोषण र शिक्षा दिक्षा दिएर देशको योग्य नागरिक बनाउने अभिभारा राज्यले लिनुगर्ने एस.ओ.एस.ले बहन गरेकोमा सराहना गर्नु भयो ।
नेपालमा १९७२ मा, सुर्खेतमा २०४३ मा बालग्राम, २०५२ मा नेपालगन्जमा युवालय शुरु ।
विश्व आर्थिक मन्दीको अवस्थामा बालबालिका हेरविचार सम्बन्धि संस्थाहरुको वृद्धी र सम्बन्धित राष्ट्रहरुको पनि बालबालिकाको सामाजिक सुरक्षा अधिकार हेतु यस संस्था सञ्चालनार्थ केही भूमिका हुनु प¥यो भन्ने सहयोगी चन्दादाताहरुको आवाज आए पश्चात् हामीहरु गम्भीर अवस्थाबाट गुज्रिरहेका छौं भन्दै पारिवारिक स्याहार कार्यक्रम र सामाजिक सेवा केन्द्रलाई कम्तिमा १० प्रतिशत खर्चको दायित्व केन्द्र सरकार र प्रदेश सरकारले व्यहोर्ने एस.ओ.एस.को अपेक्षा ।
पारिवारिक स्याहार कार्यक्रम अन्तर्गत एसओएस बालग्राम सुर्खेतबाट हुर्की आएको युवायुवतीहरुलाई उचित शिक्षा र सीप प्रदान गरी एक असल नागरिक सरह स्वावलम्बी बनाई समाजमा पुनःस्थापना गर्ने भावी योजना रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *