Wednesday, April 15सत्यम खबर
Shadow

योगिनीको उपाधि एफसिलाई

नेपालगन्ज, २४ माघ – खजुरा गाउँपालिका–२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसिस्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोडिङ स्कुललाई हराउँदै एफसिले उपाधि उचालेको हो ।


फाइनलमा एफसिले धु्रवतरालाई २५–१५, २५–१९ र २५–२३ सेटले हराएको हो । एफसि र ध्रुवतराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसिविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएतापनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो ।
विजेता बनेको एफसिले नगद २१ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो । खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
साथै खेलमा बेष्ट ब्लकर एफसिका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसिका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, वेष्ट सर्भर न्यू जागृतीका किरण बुढाथोकी र बेष्ट सेटर एफसिका भरत विक भए ।


सेमिफाइनलमा एफसिले न्यू जागृति युवा क्लबलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने ध्रुवताराले मुस्काल क्लबलाई अहराएको थियो ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितमा संजय स्मृति प्रतिष्ठानको प्रायोजन र न्यू एभरेष्ट डिस्लरीले सह–प्रायोजन गरेको थियो । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *