Sunday, April 19सत्यम खबर
Shadow

आम हडताल घोषणा गर्दै नेकपा दाहाल–नेपाल समूह

काठमाडौं, २१ माघ ।– नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भनेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान समेत गरेका छन् ।


विज्ञप्तिमार्फत् नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भनेका छन्, ‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोलि देशव्यापी आमहड्तालको आव्हान गर्दछ ।’
नेकपा दाहाल–नेपाल समूहले नियुक्ति र सपथलाई बलमिच्याई समेत भनेको छ । नेकपाले भनेको छ, ‘यो प्रतिगामी षड्यन्त्रको कडी हो ।’
आज संवैधानिक अंगहरुमा नियुक्ति र सपथ भएको छ । ३८ जनाले सपथ लिई पदभार ग्रहण समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *