
नेपालगन्ज, १० माघ – कशाैधन वैश्य समाज युवा मञ्चद्वारा अाज शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म अायाेजित निशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराई सेवाग्राहीहरूले स्वास्थ्य लाभ उठाएका छन् ।
कन्सल्टेन्ट सर्जन, मुत्रराेग, क्यान्सर राेग तथा जनरल सर्जन डा. प्राविणकुमार गुप्ता र कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन, हाडर्जाेनि तथा नशाराेग विशेषज्ञ डा. राहुल मिश्राकाे सहकार्यमा १ सय १० जना बिरामीहरूकाे निशुल्क स्वास्थ चेकजाँच गरिएकाे कशाैधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयाे ।
कशाैधन वैश्य समाज युवा मञ्चद्वारा अायाेजित निशुल्क स्वास्थ्य शिविरबाट नेपालगन्जका १ सय १० जना सेवाग्राहीहरूलाई निशुल्क चेकजाँच गरि अाैषधि वितरण गरिएकाे युवा मञ्चका अध्यक्ष अाषिश गुप्ताले जानकारी गराउनुभयाे ।
किन्नुराम काशीराम कशाैधन वैश्य पंचायती धर्मशालाकाे सहकार्यमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरकाे सहअायाेजनामा कृपा मेडिकल सेन्टर (कृपा हस्पिटल प्रा.ली.) रहेकाे थियाे ।
