नेपालगन्ज, १० माघ – नेपाल-चीन पारस्परिक सहयाेग समाजकाे ३४ आै केन्द्रय कार्यसमितिकाे साधारण सभा नेपालगन्जमा आज शनिबार सम्पन्न भएकाे छ ।
नेपालगन्जमा सम्पन्न ३४ अाैं केन्द्रिय कार्यसमितिकाे साधारण सभाबाट प्रेमसागर पाैडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएकाे छ ।
उक्त नव गठित ११ सदस्यीय केन्द्रीय कार्यसमितिकाे उपाध्यक्षमा घमानसिंह बस्नेत, महासचिवमा ध्रुब गिरी, काेषाध्यक्षमा ताेपबहादुर थापा, सचिवमा श्यामसुन्दर अधिकारीलाई चयन गरिएकाे छ ।
यसैगरी सदस्यहरूमा क्रमशः रमेश मल्ल, ईश्वरकुमार श्रेष्ठ, सजल थापा, ज्ञानबहादुर न्याैपाने, तारा वली, सरिता क्षेत्री रहेका छन् भने मनाेनित सदस्यमा सुन्दर गुरूङलाई चयन गरिएकाे छ ।
