Sunday, April 26सत्यम खबर
Shadow

५० हजार घुस माग, ‘अब उपरान्त प्रमुख जिल्ला अधिकारीकाे निर्देशन के हुनेछ !’

नेपालगन्ज, ५ माघ – आजको दिनमा मालपोत कार्यालय भित्र घुस लिनु र दिनु कुनै ठूलो कुरा नभएको केही दिन अगाडी प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको निर्देशनबाट समेत प्रष्ट भईसकेको अवस्था रहेको पाईन्छ ।
सोही लेनदेनको विषयमा आज मालपोत कार्यालय भित्रै आम सर्वसाधारण व्यक्तिहरुले कर्मचारी विरुद्ध नारा जुलुस लगाएपछि अब उपरान्त प्रमुख जिल्ला अधिकारी निर्देशन के हुनेछ भनी सोही विरोधमा नारा जुलुस गर्ने एक जनाले बताए ।
घटना सोमबार बिहानदेखि कै हो । नेपालगन्ज–१७ निवासी मोहम्मद शेर बागवानले २०७१ सालमा १४ धुर जग्गा किने, जग्गा आफ्नो नाममा पास पनि गरे, जग्गाधनीका आप्mन्तले बाँकी रहेको जग्गा बिक्री वितरण बन्द गर्न माग गर्दै मालपोत कार्यालयमा निवेदन दिए । जग्गा रोक्का भयो । त्यही संगोलमा बागवानको जग्गा पनि रोेक्का भयो । बिक्री भइसकेको जग्गा रोक्का गर्ने जग्गाधनीका आफ्न्तको चाहना पनि थिएन । तर त्रुटिबस भयो ।
बागवानले तत्काल जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए । तत्कालिन सिडियो वेदप्रकाश लेखकले पनि मालपोतबाट त्रुटि भएको भन्दै बागवानको जग्गा फुकाउन २०७१ मंसिर ११ गते पत्र लेखे । त्यही पत्र लिएर बागवान मालपोत कार्यालय पुगे । मालपोतका कर्मचारीले पत्र बुभ्mदै तपाईको जग्गा फुकुवा गरिदिन्छौ भने । त्यसैको विश्वासमा बागवान ढुक्क भए । २० दिन अघि उनलाई त्यही जग्गा धितोमा राखेर पैसा निकाल्नु पर्ने भयो । मालपोत कार्यालय पुगे । तर जग्गा अझै फुकुवा नभएको पाइएपछि उनी अहिले मालपोत कार्यालय धाएको धाए छन् ।
मालपोतका कर्मचारीले कहिले जिल्ला प्रशासन पठाउँछन् त कहिले भोलि भन्दै टार्दै आएका छन् । पछिल्लो समय यहाँसम्मकी मालपोतका कर्मचारीले सिधै घुस मागेपछि वागवान घुस्या कर्मचारीको विरोधमा आन्दोलनमा उत्रिएका छन् । ती कर्मचारीले महंगो जग्गा रईछ ४०–५० हजार रुपैया दिए तत्काल फुकुवा गरिदिने बताएका थिए ।
नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका अध्यक्ष समेत रहेका वागवान सोमबार सेवा लिन कार्यालय जाँदा ढिलासुस्ति भएको, ढिलासुस्तिको कारण खोज्दै जाँदा आफै सँग कर्मचारीले घुस मागेको बताए ।
घुस मागेको बारे निमित्त कार्यालय प्रमुख अमर राज सेजुवालसँग गुनासो गर्दा उनले पनि कर्मचारीलाई मिलाउनुस् भनेपछि आफूहरु विरोधमा उत्रिएको वागवानले बताए । वागवान सहित महिला अधिकारकर्मी रुबि खान लगायत सेवाग्राहीहरु मालपोतको मूल गेटमा सोमबार दिउँसोदेखि धर्ना बसेका छन् ।
उनीहरुले भ्रष्टाचार बिरुद्ध नारावाजी गर्नुका साथै भ्रष्टाचार बिरुद्ध प्लेकार्ड बोकेर बसेका छन् । भ्रष्टाचार बिरुद्ध कार्यालय प्रमुखबाट प्रतिबद्धता नआएसम्म विरोधको कार्यक्रम जारी रहने उनीहरुले बताएका छन् ।
यसबारेमा निमित्त कार्यालय प्रमुख अमर राज सेजुवालसँग बुझ्न खोज्दा उहाँले सिधै इन्कार गरिदिनुभयो । उहाँले कार्यालयभित्र भिडियो नलिन समेत धम्की दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *