Sunday, April 26सत्यम खबर
Shadow

युनेस्कोद्धारा १ सय ६६ बालबालिकालाई आर्थिक सहयोग

नेपालगन्ज, १८ पौष – बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ११६ जना अनाथसहित १ सय ६६ जना विपन्न र गरिब बालबालिकालाई आर्थिक सहयोग वितरण गरेको छ ।
कतार च्यारेटी नेपालको सहयोगमा जिल्लाका १ सय ६६ जना अनाथ तथा विपन्न बालबालिका र शिक्षकलाई समेत गरेर करिब ४७ लाख रुपियाँ सहयोग वितरण गरिएको क्लबले जनाएको छ ।


अनाथ र विपन्न एवं गरिब बालबालिकाको छनोट गरेर उनीहरुलाई छात्रबृति वापत सो रकम वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले १३ वर्षभन्दा कम उमेरका १ सय १६ जना अनाथ बालबालिका, ६ जना विपन्न शिक्षक, १५ जना अपांगता भएका बालबालिका र २४ जना आर्थिक रुपमा अतिनै विपन्न बालबालिकालाई सो आर्थिक सहयोग गरिएको बताउनुभयो ।


सो आर्थिक सहयोग वितरण गर्न आयोजना गरिएको एक औपचारिक कार्यक्रममा क्लबका संरक्षक सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी र कतार च्यारेटी नेपालका प्रतिनिधि जियाउररहमान खानले बालबालिकालाई चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै कतार च्यारेटी नेपालका प्रतिनिधि खानले अनाथ र अतिविपन्नलाई सक्षम बनाउने उद्देश्यले यो सहयोग वितरण गरिएको बताउनुभयो ।


उहाँले कतार च्यारेटीको यो सहयोगले ठुलो संख्याका अनाथ बालबालिकालाई लाभ पुगेको पनि बताउनुभयो ।
क्लबका अध्यक्ष चौधरीले कतारले गरेको यो र यस्तै अन्य सहयोगले अनाथ, विपन्न र गरिबलाई ठुलो मद्दत पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *