
काठमाण्डौ, १३ पौष – पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ ।
