Thursday, November 28सत्यम खबर
Shadow

४४ ग्राम ब्राउनसुगर साथ गौतम पक्राउ

नेपालगन्ज, ४ पौष – बाँके जिल्ला प्रहरी र लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाको संयुक्त प्रहरीले ४४ ग्राम ब्राउन सुगर साथ इन्द्रमणी गौतमलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरीको भनाई अनुसार पौष १ गते ७ बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ एनटिभी रोड स्थित लागु औषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई पक्राउ गरेको छ ।


उक्त स्थानमा शंकास्पद रहेका कोहलपुर वडा नं.१२ वस्ने वर्ष ४५ को गौतमलाई तलासी लिने क्रममा उनले लगाएको पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर तौल गर्दा ४४ ग्राम ५२० मिलिग्राम रहेको जनाइको छ ।
पक्राउ परेका गौतमको खान तलाशी गर्दा तौल गर्ने डिजिटल मेसिन थान १ समेत फेला परेको थियो । गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बताइएको छ ।


पक्राउ परेका गौतम यसभन्दा पहिला जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको समेत प्रहरी स्रोतले जनाएको छ ।
लागू औषधमा पक्राउ परेका गौतमलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार १० देखी १५ बर्ष कैद र ७५ हजार देखी २ लाख सम्म जरिवाना हुने प्रावधान रहेको छ । भने पटकेको रुपमा उक्त सजायमा थप ५ बर्ष समेत सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *