
नेपालगन्ज, २५ मंसिर – मानव अधिकार तथा शान्ती समाज, बाँके शाखा नेपालगन्जले बाँके जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना कार्यक्रम गरेको छ ।
७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको अवसरमा काठमाण्डौमा रहेका बिश्वका ९ वटा शक्ति राष्ट्रको दूतावाश अगाडी लगायत ४२ जिल्लामा एकसाथ शान्ती समाजको प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत आज विधिबार बाँके शाखाले धर्ना कार्यक्रम गरेको सचिव बिष्णुलाल कुमालले बताउनुभयो ।

मानव अधिकार तथा शान्ती समाज, बाँके शाखाले स्थानीय त्रिभुवन चौकदेखी जिल्ला प्रशासन कार्यालय बाँकेको गेट अगाडीसम्म प्लेकार्ड र बैनर सहित प्रदर्शनसहित धर्ना कार्यक्रम सम्पन्न गरेको शाखा सचिव कुमालले बताउनुभयो ।

उक्त प्रदर्शनमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, अधिवक्ता जगदम्बा पाठक, नारायण उच्च माबिका प्रचार्य, विद्यार्थी, समाज बाँके शाखा सभापति कृष्णादेबी पाण्डे, उपसभापति अधिवक्ता पवनकुमार गुप्ता, अल्पना वैश्य, काजल शर्मा, रमेशचन्द्र कुमाल, सञ्चारकर्मी लगायत दर्शन बढी व्यक्तिहरुको उपस्थिति रहेको शाखा सचिव कुमालले बताउनुभयो ।

