
नेपालगन्ज, २५ मंसिर – विहिबार बाँकेमा २७ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् ।
बाँकेका तिन वटा ल्याबमा गरिएको परिक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार विहिबार बाँकेका भेरी अस्पताल ल्याबबाट १७ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याबबाट १५ जना गरी जम्मा २७ जना कोरोना संक्रमित रहेको जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ४ हजार १ सय २० पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बाँकेबाट २० जना डिस्चार्ज भएका थिए । आईसोलेशन सेन्टरमा बस्दै आएका विभिन्न आईसोलेसनबाट विहिबार बिहान डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन तेल वलीले जानकारी गराउनुभयो ।
बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ८ सय ९४ जना पुगेका छन् भने हाल विभिन्न आईसोलुसनमा १ सय ८६ जना उपचाररत रहेका छन् । यो संगै हालसम्म बाँके जिल्ला भित्र र बाहिर गरी १ सय जनाको मृत्यु भईसकेको जनाईको छ ।
