Thursday, May 28सत्यम खबर
Shadow

लोक सेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

धनगढी, १५ मंसिर १५– कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुकेश भण्डारी र सुमन खड्का


उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ ।
‘अर्काको परीक्षा दिने र दिन लगाउने दुवैलाई कानुनअनुसार कारवाही हुन्छ । हामी थप अनुसन्धान गर्दैछौं,’ प्रहरी नायब उपरीक्षक अमर थापाले सेतोपाटीसँग भने ।
गत शुक्रबार दिउँसो १ बजेदेखि ३ः१५ बजेसम्म नेपाली सेनाको सैन्य दर्जाका लागि लिखित परीक्षा भएको थियो । (सेतापाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *