Wednesday, September 16सत्यम खबर
Shadow

नयाँ रंग र भेरियन्टसहित बजारमा आयो रोयल इन्फिल्ड हन्टर ३५०

नेपालगन्ज, ३१ भदौ – रोयल इन्फिल्डले नेपालमा लोकप्रिय हन्टर ३५० लाई नयाँ भेरियन्ट र दुई नयाँ रंगसहित बजारमा ल्याएको छ । कम्पनीले हन्टर ३५० को नयाँ Tarmac Black भेरियन्ट सार्वजनिक गर्दै टप भेरियन्टमा Mumbai Yellow रMoonshot White रंग थप गरेको हो ।

नयाँ भेरियन्टमार्फत ग्राहकलाई डिजाइनसँगै दैनिक प्रयोगका लागि सहज र व्यावहारिक विकल्प उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको जनाएको छ । हन्टर ३५० को मौलिक रोडस्टर डिजाइन, चुस्त ह्यान्डलिङ र सहज राइडिङ अनुभवलाई भने नयाँ संस्करणमा पनि निरन्तरता दिइएको छ ।

नयाँ Tarmac Black भेरियन्टमा Alloy Wheels, Digi–Analog Instrument Cluster, राउन्ड ह्यालोजन हेडलाम्प, रोटरी स्विचगियर, Stitched Seat तथा स्पोर्टी ग्राब रेल राखिएको छ । यसमा Single–Channel ABS र Slip & Assist Clutch समेत उपलब्ध छन् ।
कम्पनीका अनुसार Slip & Assist Clutch ले गियर परिवर्तनलाई सहज बनाउनुका साथै दैनिक सवारीमा राइडिङ अनुभवलाई थप आरामदायी बनाउन सहयोग गर्छ ।

दुई नयाँ रंगले थपियो विकल्प

हन्टर ३५० को टप भेरियन्टमा थपिएका Mumbai Yellow र Moonshot White ले ग्राहकलाई आफ्नो रुचि र व्यक्तित्व अनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिएका छन् ।

Mumbai Yellow रंग मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई आकर्षक र युवा स्वरूप दिने दाबी कम्पनीको छ ।

त्यस्तै, Moonshot White मा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ । नयाँ ग्राफिक्सले मोटरसाइकललाई छुट्टै पहिचान दिने कम्पनीको भनाइ छ ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताएका छन् । डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण यसको लोकप्रियता बढेको उनको भनाइ छ ।
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मैघ राज पौडेलले नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि छनोटको दायरा फराकिलो बनाउने बताए । उनका अनुसार नयाँ विकल्पले हन्टर ३५० को बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


नयाँ Tarmac Black भेरियन्टको नेपालमा एक्स–शोरुम मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, Mumbai Yellow र ःMoonshot White रंगमा उपलब्ध टप भेरियन्टको एक्स–शोरुम मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नयाँ भेरियन्ट तथा रंगमा उपलब्ध हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभरका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ । नेपालमा अघिल्लो वर्ष सार्वजनिक भएको हन्टर ३५० कम्प्याक्ट डिजाइन, नियो–रेट्रो लुक र सहज राइडिङका कारण नयाँ पुस्ताका राइडरमाझ लोकप्रिय हुँदै आएको कम्पनीको दाबी छ ।

रोयल इन्फिल्ड सन् १९०९ देखि मोटरसाइकल उत्पादन गर्दै आएको ब्रान्ड हो । हाल कम्पनीले ३५० सीसीदेखि ६५० सीसीसम्मका विभिन्न मोडल बिक्री गर्दै आएको छ भने हालै आफ्नो पहिलो विद्युतीय मोटरसाइकल पनि सार्वजनिक गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *