Sunday, August 23सत्यम खबर
Shadow

प्रेस युनियनमा खत्री निर्वाचित

नेपालगन्ज, ७ भाद्र – कमल खत्रीको नेतृत्वमा नेपाल प्रेस युनियन बाँकेको नयाँ कार्यसमिति निर्वाचित भएको छ । भाद्र ६ गते नेपालगन्जमा सम्पन्न जिल्ला अधिवेशन तथा १३ औं साधारणसभाले खत्रीको नेतृत्वमा अगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

खत्री यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै खुला उपाध्यक्षमा खडक बहादुर खत्री र महिला निशा शाह निर्वाचित हुनुभएको छ । खडक यसअघि कोषाध्यक्ष हुनुहुन्थ्यो भने शाह दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

समावेशी उपाध्यक्षमा मोहम्मद अरशद शेष राई निर्वाचित हुनुभएको छ । युनियन बाँकेको सचिवमा भिष्म लोध निर्वाचित हुनुभएको हो । लोध दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा सिद्धार्थ पाण्डे, सहसचिवमा अभिषेक गुप्ता, महिला सहसचिवमा साबित्री बिश्वकर्मा निर्वाचित हुनुभएको छ ।

युनियनको सदस्यहरुमा क्रमश ः खुल्लातर्फ बिनोद कुमार बर्मा, सौरभ राना, महिला सदस्यमा निर्मला गोसाई, लीला चौधरी, सुविता थारु, बसन्ती शाही, समावेशी सदस्यमा प्रेम सिंह एस के, अमित गुप्ता र कुलेन्द्र बिश्वकर्मा निर्वाचित हुनुभएको छ ।

 

पत्रकार शाह र बिरहीलाई राष्ट्रिय पुरस्कार प्रदान

नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको दुई वटा राष्ट्रिय पुरस्कार यसपटक प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजंग शाह र बरिष्ठ पत्रकार हरिहर बिरहीलाई प्रदान गरिएको छ ।
युनियन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न अधिवेशन तथा साधारणसभाले नेपाली काँग्रेस केन्द्रीय पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष शाह र प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्त चाचाजी राष्ट्रिय पत्रकारीता पुरस्कार बरिष्ठ पत्रकार, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष, प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा युनियनका बरिष्ठ नेता हरिहर बिरहीलाई प्रदान गरिएको छ ।

२५ हजार राशीको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, स्व. पन्नालाल गुप्त स्मृति प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले सयुक्तरूपमा प्रदान गर्नुभएको थियो ।
यसैगरी स्वर्गीय जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार नवीन गिरी, प्रेस युनियन क्रियाशिलता पत्रकारिता पुरस्कार टेकेन्द्र बस्याल, प्रेस युनियन उदीयमान पत्रकारीता पुरस्कार लीला चौधरीलाई प्रदान गरिएको छ । यसैगरी सो अवसरमा युनियन बाँकेले आफ्नो शाखाका साधारण सदस्य स्वयंसेवी रक्तदाता पवन जायसवाललाई शतक रक्तदाता सम्मानबाट सम्मानित गरिएको छ ।
युनियनका सचिव भिष्म लोधले संचालन गरेको साधारण सभाको उद्घाटन शत्रलाई काँग्रेस बाँकेका सभापति नारायण गौडेल, सम्मानित व्यक्तिद्धय शाह र बिरही, युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तिबाबु रेग्मी, युनियन लुम्बिनी प्रदेश महासचिव तथा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारी, युनियन बाँकेका सल्लाहकार अर्जुन ओली, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, गुप्त प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ता, क्रियाशिल महिला पत्रकार बाँके अध्यक्ष साबित्री गिरीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *