
खजुरा, ५ साउन — खजुरा गाउँपालिकाका विभिन्न वडामा निःशुल्क कान उपचार शिविर सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा सम्बन्धित स्वास्थ्य संस्थाहरूको सहकार्यमा सञ्चालन हुने शिविरमा कान जाँच, निःशुल्क औषधि वितरण तथा आवश्यक उपचारका साथै श्रवण शक्ति परीक्षण गरिएको थियो ।

खजुरा गाउँपालिका तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको सहकार्यमा गाउँपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्था, गाउँ–टोल तथा पायक पर्ने स्थानमा प्राथमिक कान उपचार शिविर सञ्चालन गरिएको कानजाँच टाउरिच ईन्चार्ज भिषणकुमार थारुले जनाएका छन् ।

कानजाँच टाउरिच ईन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार शिविरमार्फत कानसम्बन्धी समस्या भएका नागरिकको पहिचान गरी समय मै उपचार तथा आवश्यक परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताएका छन् ।
शिविरमा आवश्यकता अनुसार कानको श्रवण शक्ति परीक्षणसमेत गरिएको तथा बहिरोपन निवारण एवम् रोकथामका लागि आवश्यक पहिचान र परामर्श प्रदान गरिने आयोजकले जनाएको छ ।

खजुरा गाउँपालिका तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको सहकार्यमा शिविर राधापुर स्वास्थ्य चौकीमा साउन २६ गते, सितापुर स्वास्थ्य चौकीमा साउन २७ गते, प्राथमिक स्वास्थ्य केन्द्रमा साउन २८ गते, आधारभूत स्वास्थ्य केन्द्र, ई गाउँमा साउन २९ गते, उढरापुर स्वास्थ्य चौकीमा भदौ २ गते, आधारभूत स्वास्थ्य केन्द्र, पुरैनामा भदौ ३ गते, सोनपुर स्वास्थ्य चौकीमा साउन ४ गते, रनियापुर स्वास्थ्य चौकीमा साउन ५ गते सञ्चालन गरिएको जानकारी कानजाँच टाउरिच ईन्चार्ज भिषणकुमार थारुले दिएका छन् ।

खजुरा गाउँपालिकामा सम्पन्न गरिएको ८ वटै शिविरमा ५ सय ३२ जनाको जाँच गरिएको थियो । जसमा पुरुष १ सय ७६ जना रहेका छन् भने महिला ३ सय १५ जना रहेका छन् । यसैगरी कान पाक्ने रोग ७५ जनामा देखिएको थियो भने काने गुजी ६१ जनामा देखिएको थियो । यसैगरी कानमा ढुसी लागेका ३३ जना, कानमा मसिन लगाउने कान सुन्ने बिरामीको संख्या १८ जना रहेका छन् भने अप्रेशनको लागि २८ जनालाई छनौट गरिएको थियो ।

यस ८ वटै शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका कान जाँच आउटरिच इन्चार्ज भिषणकुमार थारु, कान सहायक चिकित्सक सिताकुमारी चौधरी, दामोदर चौधरी, तिर्थमान थारुले सहकार्य गरेका थिए ।

