Saturday, August 15सत्यम खबर
Shadow

लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ जनाले गरे रक्तदान

नेपालगन्ज, ३० साउन – लायन्स इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपाल, लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्री, लायन्स क्लब अफ प्रोफेसनल, लायन्स क्लब अफ कोहलपुर भ्यूको संयुक्त आयोजनामा ११ महिला ४० पुरुष गरी ५१ जनाले रक्तदान गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वार्ड नं.–११ न्यूरोड गैरे अफसेट प्रेसको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ११ महिला ४० जना पुरुष गरी ५१ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी निरीक्षक सानु श्रेष्ठ, प्रहरी सहायक निरीक्षक चोलीराम चौधरी, इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपालका लायन्स तथा कार्यक्रम संयोजक लायन्स राजेन्द्रप्रसाद रिजाल, दिब्यान न्यौपाने, प्रशान्त थापा, प्रेमप्रसाद तिमिल्सिेना, सुरेन्दकुमार चन्द, प्रतापसिंह थारु, माधवप्रसाद पोखरेल, ओमप्रकाश सिंह ठकुरी, परिवर्तन बिक, ओमबहादुर ओली, मोहनकुमार माँझी, बिशाल रञ्जित, गंगनदेव थापा मगर, लोकेन्द्र बुढा, लायन्स क्लब अफ कोहलपुर भ्यका अध्यक्ष रामप्रसाद न्यौपाने, जुनु घर्तीमगर, गोकुलप्रसाद पौडेल, हरिहर भण्डारी, गंगालाल पुनमगर, शोभा भण्डारी, मञ्जु भण्डारी, शान्ति गैरे, रामप्रसाद थारु, युवराज बिक, अनिता पौडेल, भोजराज पनेरु, चन्द्रप्रकाश खडका, प्रकाश रेग्मी, सुरेन्द्रकुमार थारुले रक्तदान गरेका छन् ।

यसरी उक्त रक्तदान कार्यक्रममा जीवन ज्योति स्कूल कोहलपुरका शिक्षक शिक्षिकाहरुले रक्तदान गरेका थिए रक्तदान गर्नेहरुमा शारदा खनाल, बिष्णु थारु, सीता निमेल, रत्नराज्य लक्ष्मी पौडेल, प्रभा रेग्मी, आनन्द लम्साल, पवन शाहीले रक्तदान गरेका छन् । यसैगरी शेरबहादुर जिसी, किरण सेन्चुरी, कर्ण बहादुर बस्नेत, भावना चन्द, तारा राना, आशिक ओली, लक्षमण थारु, दिलराज शर्मा, सागर बस्नेत, शरद भण्डारी, दिपकराज पोखरेल र टेकराज सापकोटा लगायतले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, रामभक्त लम्साल, सुनिल पुलामी थापा, सन्दिप आचार्य, निर्मला चौधरी, ओमप्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो । आयोजित रक्तदान कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ईन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपालका निवर्तमान डिष्टिूक्ट गर्भनर लगायतले आ–बिचार राखेका थिए । कार्यक्रममा कृष्ण प्रसाद श्रेष्ठ, लायन्स ईन्टरनेशल डिष्ट्रिक्ट ३२५ एन नेपालका डिष्ट्रिक्ट कोर्डिनेटर लायन्स टिकाराम चपाई, शतक रक्तदाता पवन जायसवालको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *