Tuesday, August 11सत्यम खबर
Shadow

महिलाले मेयर उठ्ने आँट गर्नुपर्नेः हमाल

नेपालगन्ज २५ साउन – महिलाहरुले अगामि चुनावमा वडा सदस्य र उपमेयर मात्र होइन वडा अध्यक्ष र मेयरमा उठ्ने आँट गर्न सक्नु पर्ने अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुका भद्र हमालले बताउनु भयो । उहाँले अधिकारको लागि महिला संगठीत हुन जरुरी रहेको बताउदै आगामी निर्वाचनमा महिलाले उम्मेदवार बन्ने र जित्ने आँट गर्नु पर्ने र योग्य महिलालाइ पार्टीले हस्तक्षेप नगरीकन टिकट दिनुपर्ने बताउनु भयो ।

अनेमसंघको आठौ सम्मेलनमा अनेमसंघ केन्दिय अध्यक्ष टुका भद्र हमालले पानसमा बत्ति बालेर उद्घाटन गर्दै अनेमसंघले महिलाका हक, अधिकार, महिला हिंसा, महिलाको सम्पतिमा अधिकार, नागरिकता, ३३ प्रतिशत सहभागीता कार्यान्वय, महिला आन्दोलनका उपलब्धिलाइ संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बर्तमान राजनैतिक अवस्थाको चर्चा गर्दै राजनीतिमा युवाको सक्रिय सहभागीता गराउन युवाका सवाल समेट्न जरुरी रहेको बताउनु भयो ।
प्रमुख अथितिको आसनबाट अध्यक्ष्य हमालले महिलाको राजनीति अवस्था, देशमा महंगीको अवस्था, बर्तमान सरकारका कामको चर्चा गर्नु भयो ।

नेकपा एमाले बाँके इन्चार्ज शान्ती ढकालले राजनीतिमा महिला सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । अनेमसंघ केन्द्रिय सचिव तथा अनेमसंघ लुम्बिनी प्रदेश इन्चार्ज विना ज्ञावलीले पितृसत्तात्मक सोचका कारण महिला अगाडि बढ्न बाधा पुर्यएको बताउदै पितृसत्तात्मक सोच महिला र पुरुष दुबैमा कायम रहेको हुदा यस्को अन्त्य हुनु पर्ने बताउनु भयो । नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव तथा महिला फाँट इन्चार्ज लीला रानाले महिलाको सहभागीता राजनीतिमा बढाउन जिम्मेवारी र अवसर दिन जरुरुी रहेको बताउनु भयो ।

अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले अनेमसंघको इतिहास, पार्टी र अनेमसंघको सम्बन्ध,महिलाको भुमिका लगायतका विषयमा प्रकाश पार्नु भयो । बाँके पार्टी अध्यक्ष निरक गुरुडले समाजमा भएका विकृति विसंगतिका विरुद्ध महिला संगठीत भएर लाग्नुपर्ने बताए । अनेमसंघ प्रदेश अध्यक्ष गीता पाण्डेले महिलाहरुले गरेका विगतको इतिहास विर्सन नहुने बताउदै महिला संगठीत हुन जरुरी रहेको बताउनु भयो ।

अनेमसंघका निबर्तमान अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रिय सदस्यहरु मो.हारुन हलुवाइ, सुर्य ढकाल, बसन्ती अधिकारी, लेखाआयोग सदस्य विजया धिताल, एमाले प्रदेश सदस्य एकमाया वि.क., भगवति बराल, भुमिसरा धिताल, कृष्ण पाठक, हिरा खरेल, अनेमसंघ बाँकेका नि.इन्र्चाज, विम्मी रानी पन्थि, अनेमसंघ प्रदेस सदस्यहरु कृष्ण चालिसे, कला भुसाल, जयन्ति खत्री, पार्टी सचिव बलराम भट्टराइ, उपसचिब किशोर थापा, निरमला सुनार, नगर अध्यक्ष मोहित शाह लगायतको उपस्थिति रहेको थियो ।

अखिल नेपाल महिला संघ बाँकेको आठौ सम्मेलनबाट अध्यक्ष माया गौतम, उपाध्यक्षद्धय तारा वली, फुलमाया जैसी, सचिव रिना पौडेल, उपसचिब सीता बिश्वकर्मा, कोषाध्यक्ष बेबी मण्डल लगायत ३५जनाको नयां कमिटि चयन गरीएको छ ।

आठौ सम्मेलनमा अनेमसंघ केन्दिय अध्यक्ष टुका भद्र हमाललाइ दोसल्ला ओढाएर सम्मान गरीएको थियो । यसैगरी अनेमसंघलाइ सहयोग गर्ने तथा प्रदेश कमिटिमा निर्वाचित सदस्यलाइ सम्मान गरीएको थियो । जस्मा पुर्व माननिय दिपा शर्मा, अनेमसंघ केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज विना ज्ञपाली, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुड.,नेकपा एमाले प्रदेश कमिटि उपसचिव तथा महिला फाँट इन्चार्ज लिला राना, अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, केन्द्रिय सदस्य सरस्वती मल्ल, अनेमसंघ प्रदेश कमिटि अध्यक्ष गीता पाण्डे, बाँके जिल्लाबाट प्रदेशमा निर्वाचित कृष्ण चालिसे, कला भुसाल जयन्ती खत्री, कौशीला कठायत लगायतलाई देसाल्ला ओढाएर कदर पत्रले सम्मान गरीएको थियो । कार्यक्रम अनेमसंघ बाँके सचिव अनिता थापाद्धारा संचालन गरीएको थियो ।

आठौ सम्मेलनमा अनेमसंघ बाँकेद्धारा आफ्नो कार्याकालमा सम्पन्न गतिविधिलाइ समेटेर अठोट नामक स्मारीकाको विमोचन गरीएको थियो । सम्मेलनको पहिलो सत्र सम्पन्न भएपछि बन्द सत्रमा अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलको अध्यक्षतामा अध्यक्ष मण्डल र नेकपा एमाले प्रदेश उपसचिव लिला रानाको संयोजकत्वमा निर्माचन मण्डल गठन गरी बन्द सत्र शुरु भयो । बन्दसत्रमा नि.अध्यक्ष मिना सुबेदी ढकालले राजनीतिक र सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष बेबी मण्डलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *