
नेपालगन्ज, ५ असार – नेपालगन्जमा शुक्रवार सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष ५ एस हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लब प्रथम भएका छन ।

पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँकेगाउँ क्लबलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै प्रथम हुन सफल भयो भने महिलातर्फ त्रिभुवन चोकले बाँके गाउँ क्लबलाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै प्रथम हुन सफल भयो ।
प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने, महिलातर्फ तनीसा अंसारी उत्कृष्ट खेलाडी घोषित भइन ।

त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ सर्बाधिक गोलकर्ता घोषित भईन भने पुरुषतर्फ ४ गोल गर्न सफल भएका रेहान अन्सारी सर्बाधिक गोलकर्ता घोषित भए । बिजयी खेलाडीहरुलाई समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ , प्रमुख अतिथी, अतिथी लगायत अन्य अतिथिहरुले पुरुस्कार, प्रमाण–पत्र, पदक र ट्रफी बितरण गरेका थिए ।

नेपालगन्ज उप– महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ बिहिवारदेखि नेपालगन्जमा सुरु भएको थियो । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
