
नेपालगन्ज, २५ जेठ – तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को उपाधी ओम फिटनश सेन्टरसे जितेको छ ।



शनिबारदेखि शुरु भई आईतबार सम्पन्न खेलमा विभिन्न विद्याहरु राखिएको थियो । उक्त विद्याहरुको परीक्षणको लागि सम्बन्धित जानकारी विज्ञ प्रशिक्षकहरुद्वारा गरी प्रथम, द्धितीय र त्रितीय गरी करीब ९७ जना बढी सहभागी प्रतिभावान खेलाडीहरु मध्ये ९० बढीलाई विजेता घोषणा गरी प्रमाण पत्र, मेडलद्वारा सम्मानित गरिएको थियो ।
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को प्रतियोगितामा ओभर अल च्याम्पियनसिप स्ट्रेन्थलिफ्टिङ्ग मेन रू. १५ हजार करन बाडिया, ओभर अल च्याम्पियनसिप आईबिपि मेन रू. १५ हजार बिकल शाक्य, ओभर अल च्याम्पियनसिप स्ट्रेन्थलिफ्टिङ्ग वुमेन रू. १०, ओभर अल च्याम्पियनसिप आईबिपि वुमेन रू. १० हजार अमृता खड्का शेर्पालाई सम्मानित गरिएको थियो ।


तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को सम्पन्न प्रतियोगितामा नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याउनु भएका ओलम्पियन खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने खेलाडीहरू सुरेन्द्रबहादुर हमाल– सन् १९८४, २३औँ ओलम्पिक, लस एन्जल्स, अमेरिका –भारोत्तोलन), पार्वती थापा – सन् १८८८, २४औँ ओलम्पिक, सियोल, दक्षिण कोरिया –सुटिङ), अनिता श्रेष्ठ– सन् १९४२, २५औँ ओलम्पिक, बार्सिलोना, स्पेन –सुटिङ), सोनिया भट्ट – सन् २०२०, ३२औं ओलम्पिक, टोकियो, जापान –जुडो) रहेका छन् ।




बाँके जिल्लाको खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको हौसला अभिवृद्धि तथा राष्ट्रिय स्तरमा स्ट्रेन्थलिफ्टिङ्ग खेलको विस्तारमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउनुका साथै अगामी अन्तर्राष्ट्रिय खेलहरुमा समेत विजेताहरुलाई सहभागी गराउने बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघ बाँके सचिव चन्द्र शेखर थापाले जनाएका छन् ।





कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथीमा नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट, विशिष्ट अतिथिीमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् ओलम्पियन सुरेन्द्रबहादुर हमाल, ओलम्पियन पार्वती थापा, जिल्ला प्रहरी बाँके प्रमुख अंगुर जिसीलगायतको सहभागिता रहेको थियो भने बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका संस्थापक जीवन गिरीको सभापतित्वमा समापन गरिएको थियो ।
