
नेपालगन्ज, १७ जेठ – यादव समाज सेवा केन्द्र केन्द्रिय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशनको अवसरमा रक्तदानको आयोजना गरिएको थियो आयोजित रक्तदान कार्यक्रममा ७ जनाले जेष्ठ १६ गते रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवले रगत संकलन गर्ने पाकेट प्राविधिक भवानी सुनार र दिवानी घतीमगरलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । भने हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री विजय बहादुर यादव, लुम्बिनी प्रदेश सांसद भण्डारी लाल यादव, पूर्वमन्त्री विजय बहादुर यादव, लुम्बिनी प्रदेश सांसद भण्डारीलाल यादव, अध्यक्ष सूर्यलाल यादव र समाजका सचेतक कृष्ण यादव -यदुबंशी कृष्ण) सहभागी रहेका थिए ।

आयोजित रक्तदान कार्यक्रममा समाजका अध्यक्ष सूर्यलाल यादव, भोला प्रसाद यादव, राम यादव, अरुण यादव, सोहनलाल यादव, रामचन्दर यादव, राजु यादवले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सुनिता कुमाई, भवानी सुनार र दिवानी घर्तीमगर, ओमप्रकाश गोडियाले प्राविधिकमा सहयोग गरेका थिए ।

