
नेपालगन्ज, ११ जेठ – बाँकेको जानकी गाउँपालिका बेलहरीको गुरुवागाउँमा जेष्ठ १० गते आइतवार रक्तदान कार्यक्रममा समाजसेवी, शिक्षक, जनप्रतिनिधि लगायतले रक्तदान गरेका छन् ।
उक्त रक्तदान कार्यक्रममा शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल -१०८ पटक) कोषाध्यक्ष मनमोहन वर्मा -४२ पटक) लाई सम्मान गरिएको छ ।

जानकी गाउँपालिका वार्ड नं ५ बेलहरीको आर्थिक सहयोगमा नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र जानकी गाउँपालिका ३ बाँकेको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको समन्वयमा २ महिला सहित २० जनाले रक्तदान गरेका छन् ।

नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र जानकी गाउँपालिका ३ बाँकेका सचिव राजन वर्माद्वारा सञ्चालित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं ५ बेलहरीका वडाध्यक्ष टिकानाथ यादव र शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटा र होमराज गिरी हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं.–५ बेलाहरीका वडाध्यक्ष टिकानाथ यादव, महिला वडा सदस्य कान्ती काँदू, श्री लोकतान्त्रिक प्राथमिक बिद्यालयकी शिक्षिका बिजयलक्ष्मी मिश्रा, प्रदीप कुमार कुर्मी, सहाबुद्दीन मनिहार, जगतराम यादव, अब्दुल करीम दर्जी, कृष्णप्रसाद यादव, मोहम्मद तुफैल मनिहार, कुलदीप कुर्मी, हेमराज यादव, उमेश कुमार यादव, स्वास्थ्यकर्माी दिनेशकुमार वर्मा, अनिल वर्मा, नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्रका सचिव राजन वर्मा, अरमान हलवाई, हस्तबहादुर गुरुङ्ग, रा चौधरी, अर्जुन राना र सञ्जिव सारुमगर लगायत २० जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल -१०८पटक) कोषाध्यक्ष मनमोहन वर्मा -४२ पटक), जानकी गाउँपालिका वडा नं.–५ वडा कार्यालय, प्रादेशिक रक्त सञ्चार केन्द्रलाई सम्मान गरिएको थियो ।
रक्तदान कार्यक्रममा जानकी गाउँपालिका जिन्सी शाखा प्रमुख राजु यादव, वडा सदस्य मोहम्मद सरीफ खाँ, समाजसेवी जगतराम वर्मा, बिमल वर्मा, जाबिर मनिहार, नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्रका सदस्य गोबिन्द यादव, रतनकुमार वर्मा र अनिल वर्मा, जिल्ला समन्वय समिति बाँकेका सदस्य जुल्फेकार मनिहार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई हौसला प्रदान गर्नका लागी टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा, होमराज गिरी, रशमी रेग्मी, लोकेश थारु, बैकुण्ठ रेग्मी, र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।
