Wednesday, April 8सत्यम खबर
Shadow

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्ज, २४ चैत – होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सव -स्थापना दिवस) को अवसरमा ‘पौवा स्वाद उत्सव–२०८२’ को आयोजना गर्ने भएको छ । होटल पौवाले आज मंगलबार पत्रकार भेटघाट कार्यक्रममा आयोजना बारे जानकारी गराउँदै नेपाली मौलिक स्वाद, संस्कृति तथा आतिथ्य सत्कारको अनुपम संगमका साथ यही चैत्र २६, २७ र २८ गते उक्त कार्यक्रमको आयोजना हुने जनाएको छ ।

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो गौरबमय १० वर्ष पूरा गरेको छ भने १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको पत्रकार भेटघाटमा जनाईएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा æस्वाद उत्सवÆ कार्यक्रम आयोजना गर्ने भएको जनाएको छ ।

यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको भण्डारीले बताउनुभयो । पौवाको उत्कृष्ट आतिथ्यलाई स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुनुहुने उहाँको अपेक्षा छ ।

रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ । छोटो अवधि मै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ । æजहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छÆ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।
वार्षिकोत्सव कै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलन समेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो । æमिसन १००Æ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको ब्राण्डिङ विभाग प्रमुख भण्डारीले बताउनुभयो । ‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेको जनाईएको छ ।

होटल पौवा सञ्जालमा हाल झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।

नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रम सहित गर्ने तयारी गरेको होटल पौवा, नेपालगन्जमा महा प्रबन्धक गिरीराज पाण्डेले जानकारी दिनुभयो । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवा नेपालगन्ज शाखामा स्थानीय तथा ख्यातिप्राप्त राष्टिूय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ–२०८३’ आयोजना हुने पाण्डेले बताउनु भयो ।

चैत्र ३० गते साँझ नेपालगन्जमा हुने ‘शुभकामना साँझ–२०८३’ मा ख्याती प्राप्त आधुनिक गायक कमल खत्री र गायीका समिक्षा अधिकारीको प्रस्तुती रहने उहाँले बताउनभयो । उहाँका अनुसार चर्चित प्रस्तोता सहिरमान श्रेष्ठको उदघोषणमा सञ्चालन हुने कार्यक्रममा स्थानीय मोहिनी डान्स ग्रुपको साँगीतिक प्रस्तुती रहनेछ भने गायक प्रिन्स ठकुरीको समेत प्रस्तुती रहने छ ।
होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित बिभिन्न जाती जनजातीका चाड तथा पर्वहरुमा बिशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । महाप्रबन्धक पाण्डेका अनुसार दशैपछिको पूर्णीमाको सराय नाच, तिहारको देउसी भैला, माघीको खिचडी, महाशिवरात्रीमा शीव भजन जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा बिशेष उत्सव हुने गरेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रम तथा ‘शुभकामना साँझ–२०८३’मा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव तथा मनोरञ्जन लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई हार्दिक आमन्त्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *