Wednesday, April 8सत्यम खबर
Shadow

अनेमसंघ बाँकेद्वारा दोषीलाई कानुन अनुसारको कारबाहिको मांग

नेपालगन्ज, २० चैत्र – अखिल नेपाल महिला संघ जिल्ला कमिटि बाँकेद्वारा चैत्र १४ गते २४ बर्षीय मोहम्मद आरिफ ढपाली प्रेमीद्वारा आगो लगाएर मारिएकी २२ बर्षीय सृजना मगरको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृहमन्त्रालय सिहदरवार काठमाण्डौंमा चैत्र २० गते ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउनेहरुमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसघं बाँके जिल्ला कमिटि अध्यक्ष मिना सुवेदी ढकाल, नि.बर्तमान उपाध्यक्ष इता शर्मा, अनेमसंघ युवा कमिटि बाँकेका अध्यक्ष विष्ना बस्नेत, अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटि बाँकेका अध्यक्ष रीना पौडेल, द्वन्द पीडित तथा एकल महिला संजाल बाँकेका केन्द्रिय महासचिव एकमाया विक, अनेमसंघ जिल्ला कमिटि सदस्य रमा गहतराज लगायतका महिलाहरुले पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिमको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

यही बहानामा जातियता र राजनीतिकरण गरी घटना मोडिन नपाओस् दोषी उपकर कानुन बमोजिम कारवाही र पीडितलाई उचित क्षत्रिपुर्तिको मांग सहित अखिल नेपाल महिला संघ बाँकेको ज्ञापन पत्र बुझी सकेपछि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आफुले उक्त ज्ञापनपत्र तुरुन्त फ्याक्समार्फत गृहमन्त्रालय सिहदरबार काठमाण्डौमा पठाउने बताउनु भयो । साथै उहाँले पीडितलाई क्षतिपुति र पीडकलाई सजाय प्रदान गर्नमा आफुले निष्पक्ष भएर काम गर्ने बताउनु भयो ।

यसैगरी क्रियाशील पत्रकार महिला बाँके र संचारीका समुह बाँके, नेपाल पत्रकार महासंघ महिला विभाग बाँकेद्वारा पनि जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउनेहरुमा करुणा शाह नेपाल पत्रकार महासंघ महिला विभाग प्रमुख, सावित्री गिरी क्रियाशील पत्रकार महिला बाँके, पवित्रा परियार संचारीका समुह बाँके,अछरी पोखरेल संस्थापक अध्यक्ष संचारीका समुह बाँके तथा क्रियाशील पत्रकार महिला बाँके विमला चौधरी विविसी सम्बाद दाता, निशु जोशी सचिव क्रियाशील पत्रकार महिला लगायत २ दर्जन पत्रकार महिलाको उपस्थिति रहेको थियो ।

मुद्दामा राजनीतिकरण र जातियताको सवाल उठ्न नपाओस् र सत्यतथ्यमा आधारीत रही निष्पक्ष छानबिको मांग सहित ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझी सकेपछि प्रमुख जिल्ला अधिकारी तामाङले आफुले उक्त ज्ञापनपत्र तुरुन्त फ्याक्समार्फत गृहमन्त्रालय सिहदरबार काठमाण्डौमा पठाउने बताउनु भयो । पीडितकी ३ बर्षकी छोरी रहेको ह“ुदा उनको लालनपालन र शिक्षादिक्षाको मांग सहित क्षतिपुर्तिको व्यवस्था गरी दिन पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *