Tuesday, March 31सत्यम खबर
Shadow

सामाजिक दायित्व निर्वाह गर्दै ४७ जनाले गरे रक्तदान

नेपालगन्ज, ५ चैत्र – नेपालगन्ज स्थित माजोङ्ग होल्डिङ्स अन्तर्गत सञ्चालित ‘माजोङ्ग नेपालगन्ज क्यासिनो’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कम्पनीले वि.सं. २०७९ देखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ, जसले समाजमा रगत अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । आज विहिबार भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।त्यसैगरी, वि.सं. २०८० देखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ भित्रका सरकारी विद्यालयहरूमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई पूरै शैक्षिक सत्रभरि पुग्ने गरी कापी तथा कलम वितरण गर्दै आएको छ । यस पहलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक सामग्री अभाव पूर्ति गर्न सहयोग पुगेको छ ।

कम्पनीले वि.सं. २०८१ देखि नेपालगन्ज स्थित नील सागर वृद्धाश्रममा मासिक रूपमा खाद्यान्न सहयोग प्रदान गर्दै आएको छ, जसले त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहजता ल्याएको छ ।

यसका अतिरिक्त, इम्पेरियल इन्टरटेन्मेन्ट प्रा. लि. ले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली १०±२ उत्तीर्ण १० जना विद्यार्थीहरूलाई उच्च अध्ययनका लागि पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गर्ने योजना पनि सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार, यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजाने तथा समाजप्रति उत्तरदायी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *