Thursday, May 28सत्यम खबर
Shadow

कारकाँदाेमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालन

नेपालगन्ज, ७ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. -१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगन्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।
अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिक रुपमा शनिबार आश्रम शुभारम्भ गरेको छ ।
एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गर्नु भएको छ ।
अध्यक्ष सीटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँ जीवनको पहल चुनौतीपूर्ण रहेपनि सामुहीक सहकार्यले सहज बनाउने विवास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनीधी राजु गुरुङ, नेपाल पत्रकार महासंघ लुम्वीनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाहीले आश्रम सञ्चालनको सफलताको शुभकामना दिनुभएको थियो ।
बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालयकी सह सचिव पुनम गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गर्नु भएको थियो ।
केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार केन्द्रले हाल सम्म १२ जना सँग स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्णप्रसाद उपाध्याय सहित अन्य सामाजिक अभियान्ताले बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिसकेको छ ।
हाल भेरी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ भने ४ जनाको शव व्यवस्थापन गरिसकिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *