Sunday, February 8सत्यम खबर
Shadow

सुशील कोइरालाको विरासत र शुधान्शु कोइरालाको प्रतिबद्धता

नेपालगन्ज, २५ माघ – बाँके क्षेत्र नं. २ को चुनावी मैदानमा तरंग नै आईरहेको अवस्थामा सुधांन्सु कोइरालाको प्रवल सम्भावना विजयी हुने देखिन थालेको छ । सो सम्भावना बारे अध्ययन र जानकारी पाउनु अगाडी को हुन सुधांसु कोइराला र तिनको प्रतिबद्धता बारे हामी जानौं । सुधांसु कोइराला पूर्वप्रधानमन्त्री गांधीबादी नेता सुशील कोईरालाको विरासतबाट आएका हुन । उनको पहिचान नै खास यही रहेको छ भन्दा फरक पर्दैन होला ।

जहाँ पूर्वप्रधानमन्त्रीको धरासत बारे बाँकेबासी लगायत देशभरका आम सर्वसाधारण जनता माझ जानकारी रहेको पाईन्छ । सुशील कोइराला कुनै क्षेत्र विशेषका लागि मात्र होइन, राष्ट्रका लागि राजनीति गर्ने गांधीबादी छावी भएको नेता थिए ।

सुशील कोइरालाको कार्यकालमा सिंक्टा सिंचाई आयोजना, (२०७१÷२०७२) मा हुलाकी राजमार्गलाई राष्ट्रिय प्राथमिकतामा राखियो, बाँके हुँदै जाने हुलाकी सडकखण्डको बजेट, ठेक्का प्रक्रिया अघि बढ्यो मध्य पश्चिम क्षेत्रीय सडक सञ्जाल विस्तारमा जोड ग्रामीण सडक, कृषि सडकलाई बजेट सुनिश्चित गर्ने नीति काम सबै उनले सुरु गरेका होइनन्, तर राज्यको प्राथमिकतामा राख्ने राजनीतिक निर्णय उनकै पालामा भयो बाँकेमा उनले पुल सडकको नाममा फोटो खिच्ने राजनीति कहिल्यै गरेनन् ।

पूर्व प्रधानमन्त्री तथा गांधीवादी सादा जीवन उच्च विचार भएको व्यक्तित्वले गर्दा नै बाँकेका लागि मात्रै नभई देशकै लागि ऐतिहासिक योगदान दिईएको पाईन्छ । २०७२ सालको संविधान संघीयता, समावेशिता, मौलिक हक बाँके जस्तो विविध जाति, भाषा, समुदाय भएको जिल्लालाई अधिकार र पहुँचको आधार यही संविधानले दियो, भेरी अञ्चल अस्पताल (हाल भेरी अस्पताल, नेपालगन्ज) अस्पताल सुशील कोइराला क्यान्सर अस्पताल विस्तार, सेवा स्तरोन्नतिको सरकारी निर्णय संघीय संरचनामा जाने तयारी स्वरूप क्षेत्रीय अस्पताललाई बलियो बनाउने नीति लगायत दर्जनौं बढी योजनाहरु आज पनि बाँकेबासीलाई सुखद रहेको पाईन्छ । जसको प्रत्यक्ष फाईदा बाँकेबासी लगायत अन्य जिल्लाबाट जनताले समेत लिई रहेका छन् जुन उनकै पहलकदमीमा सम्पन्न भएको थियो ।
पूर्वप्रधानमन्त्री सुशिल कोईरालाले सुशासन, स्वास्थ्य शिक्षाको आधार तयार पार्ने राजनीति गरेको उदाहरण मात्र हो । आज त्यो नैतिक, इमान्दार र राष्ट्र केन्द्रित राजनीतिक विरासत उनकै भतिज शुधान्शु कोइरालाले जोगाउने जिम्मेवारीसहित यहीँ फागुन २१ गतेको निर्वाचनमा अघि सारिएको छ ।

सुधांशु कोइराला कुनै थरको भरमा मात्र नभई, बिरासतको जिम्मेवारी बोकेर मैदानमा उत्रिएका छन् । सुशील कोइरालाको निधनपछि उनले छाडेको बाटो भ्रष्टाचारबाट टाढा, सत्ताभन्दा माथि संविधान, व्यक्तिभन्दा ठूलो राष्ट्र त्यही बाटोलाई निरन्तरता दिनु नै सुधांशु कोइरालाको राजनीतिक संकल्प बनेको छ ।

बाँके क्षेत्र नं. २ का बासी माझ लाग्न सक्छ, किन सुधांशु कोइराला ? त्यसको लागि उनले ग्रहण गरेको विचारलाई रोजौ । जहाँ वंश होइन, विचारको उत्तराधिकारी, भाषण होइन नीतिमा विश्वास, सत्ता होइन सेवामा प्रतिबद्धता, भावनामा होइन संविधानमा अडान, अब नारा मात्रै होइन नैतिक नेतृत्व, वाचा मात्रै होइन विश्वासनीय प्रतिनिधि खोजेको छ । त्यसैले सुधांसु कोइरालालाई रोजेको छ ।
लामो समयदेखि खोज पत्रकारिता गर्दै आईरहेका पत्रकार आशिष मल्ल ठाकुरीले भन्नुहुन्छ– ‘यसपटक बाँके क्षेत्र नं.२ का जनताको रोजाईमा सुधांसु कोइराला रहेका छन् । मैले उपमहानगरपालिकादेखि डुडुवा गाउँपालिकासम्म रिपोर्टि· गर्दा स्थानीय जनताले सुधांसु बारे सकारात्मक धारणा राख्दै मेरो मत समेत कोइरालालाई लाई दिने बताउँछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *