Tuesday, February 3सत्यम खबर
Shadow

मधु र कृष्णलाई घोराही बनाऔँ अभियानले पढाउने

दाङ, २० माघ – आर्थिक अभावका कारण पढाइ छाडेका मधु कौलिक र कृष्ण कौलिकलाई घोराही बनाऔँ अभियानले पढाउने भएको छ। १२ वर्षीय मधु र १० वर्षीय कृष्ण दिदी भाइ हुन् ।
घोराही १५ काठेकोहललस्थित सरस्वती माध्यमिक विद्यालयमा दुवैले कक्षा १ मा पढ्दा पढ्दै पढाइ छाडेको मधुले जानकारी दिइन् । केही वर्ष अगाडि उनको बुबाको निधन भएको थियो । बुबाको घर नेपालगञ्ज भएपनि माइत घोराही भएका कारण हाल मधुको परिवार घोराही मिलनचोकमा भाडा लिएर बस्छ ।

आमा गङ्गा कौलिकले घोराहीमै मिस्त्री काम गर्ने सन्दीपसँग विवाह गरेकी छन्। तर चारैजना साथै बस्छन् कान्छ बुबा सन्दिप पनि उनीहरूलाई पढाउने पक्षमै छन् । तर एकजनाको ज्याला मजदुरीले खान लाउन समेत समस्या परेकाले चाहँदा चाहँदै उनीहरूलाई पढाउन नसकेको सन्दीपको भनाइ छ । आफ्नो पढ्ने ठूलो धोको भएको मधु र कृष्णको भनाइ छ ।

उनीहरुलाई घोराही बनाऔँ अभियानको तर्फबाट आउँदो नयाँ शैक्षिक सत्रदेखि विद्यालय पठाइने अभियानका संयोजक सबिन प्रियासनले जानकारी दिनुभयो । यसैबीच प्रियासनले मधुको लागि न्यानो कपडाको समेत व्यवस्था गरिदिनु भएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *