Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, ७ मंसिर – बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका दुई जना कोरोना संक्रमित पुरुषहरुको उपचारका क्रममा शनिबार राती र आईतबार बिहान कोहलपुरमा मृत्यु भएको छ ।


घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार राती ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर मै दाङका अर्का एक संक्रमितको आईतबार बिहान मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षिय पुरुषको उपचारका क्रममा आईतबार बिहान १ः४० बजे मृत्यु भएको छ ।


अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक्स लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिंग्रदै गएपछि एकजनाको शनिबार राती ११ः५० बजे र अर्काको आईतबार बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
यो सँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *