Thursday, January 15सत्यम खबर
Shadow

नियमित बैठक नेपालगन्जमा सम्पन्न

नेपालगन्ज, १८ पौष – अनलाइन टिभि पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशको नियमित बैठक आज शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ । बैठकले संस्थासँग सम्बन्धित विविध महत्वपूर्ण विषयमा छलफल गर्दै पत्रकारहरूको हकहित र संस्थाको गतिविधि थप सक्रिय बनाउने निर्णय गरेको छ ।

बैठकका निर्णय अनुसार अनलाइन टिभिमा आवद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि, हक–हित, सुरक्षा तथा पत्रकार आचारसंहिता कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने तय गरिएको छ ।

साथै, संघले अनलाइन टिभिमा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई गोलबद्ध हुन आह्वान गर्दै सम्बन्धित टिभि च्यानलहरूलाई आधिकारिक रूपमा दर्ता गर्न र व्यवहारिक पक्षलाई थप चुस्त र पारदर्शी बनाउन अनुरोध गरेको छ ।

समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सचेत र सुसूचित समाज निर्माणमा योगदान पु¥याउन अनलाइन टिभि पत्रकार संघले सबै अनलाइन टिभि पत्रकारहरूलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *