
डुडुवा, १७ पौष – अयोध्यामा मर्यादा पुरुषोत्तम भगवान श्रीराम मन्दिरको उद्घाटनको पावन अवसरमा डुडुवा गाउँपालिका वडा नं. १, नया“बस्तीमा आयोजित प्रसाद वितरण कार्यक्रममा हिन्दू समाजलाई सम्बोधन गर्दै संजय हिन्दूले समाजका वैचारिक विषयहरूमा खुला रूपमा आफ्ना विचार राखेका छन् ।

कार्यक्रमका मुख्य वक्ता तथा हिंदू वक्ता रहेका संजय हिन्दूले आज हिन्दू समाज पछाडि पर्नुको मुख्य कारण समाजले आफ्ना बालबालिकाका लागि सही नायक हिरो छनोट गर्न नसक्नु भएको बताए । उनले चलचित्र र फिल्मी दुनियाँमा देखाइने व्यक्तिहरूलाई नै नायक मान्ने सोचले बालबालिकालाई गलत दिशातर्फ लैजाने स्पष्ट पारे ।

संजय हिन्दूले स्पष्ट शब्दमा भने कि हिन्दू समाजका साँचो आदर्श कुनै फिल्मी अनुहार होइनन्, बरु मर्यादा पुरुषोत्तम भगवान श्रीराम र योगेश्वर भगवान श्रीकृष्ण हुन् । उनले अभिभावकहरूलाई बालबालिकालाई सानैदेखि सनातन मूल्य, संस्कार र यी आदर्शहरूसँग जोड्न आग्रह गरे, जसले भावी पुस्तालाई सही मार्गमा डोर्याउनेछ ।

कार्यक्रममा भाषण गर्दै हिंदूवादी युवा र उक्त कार्यक्रम का अगुवा समेत रहेका संजय हिन्दूले हिन्दू समाजका अभिभावकहरूलाई विशेष अपिल गर्दै भने कि सबैले आफ्ना–आफ्ना बालबालिकालाई अनिवार्य रूपमा धार्मिक शिक्षा प्रदान गर्नुपर्छ, किनकि धर्म बिना समाजको पतन अवश्यंभावी हुन्छ ।

आफ्नो सम्बोधनमा संजय हिन्दूले श्रीराम मन्दिरको उद्घाटनलाई हिन्दू समाजका लागि गौरव र आत्मजागरणको ऐतिहासिक क्षणका रूपमा प्रस्तुत गरेका छन् । कार्यक्रमको अन्त्यमा संजय हिन्दूको नेतृत्वमा श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो । सम्पूर्ण वातावरण “जय श्रीराम”का नाराले गुन्जमान भएको थियो ।
