Monday, December 22सत्यम खबर
Shadow

क्षमता भन्दा बढी कैदीबन्दी नेपालगन्ज कारागारमा

नेपालगन्ज, ७ पाैष ।- भनिन्छ, एउटा कारागार खुल्नु भने भनेको दश स्कुल बन्द हुुनु हो । अपराध नियन्त्रण गर्ने विभिन्न निकाय छन् तर किन बढ्दै छन् नेपालमा अपराध ! यस्तै गतिविधलाई लिएर बनाईएको छ बाँके कारागारको एक रिपोर्ट ।

हो कैदीहरु अपराध गरेका हुन्छन् र कानुन बमाेजिम संजाय पाउनु पर्छ । तर पनि तिनकाे मानवअधिकार रहन्छ । कैदीबन्दीहरुलाई नेपाल सरकारको जनावर रुपी व्यवहार आखिर कहिले सम्म ?
कैदीहरुको एउटै भनाई छ, हामी अपराध गरेका छौ हामी संजायको भागीदार हौँ, हामी संजाय पाउनु पर्छ । हामीलाई नेपालगन्ज कार्यालयमा कैदीले पाउनु पर्ने सेवा सुविधा त दियो तर हामीले बस्ने ठाउँ खोई ? झन त्यसै माथि विक्रम संवद २००० सालमा स्थापना भएको जिर्ण कारागारको भवन, कति खेरा जिर्ण भवन भत्किन्छ ठेगान छैन ! हामीलाई अन्तैको कारागारमा सर्न मिल्ने नियम छैन र सरकार ? भन्ने प्रश्न समेत गरिरहेका छन् ।


हो यो अवस्था नेपालगन्ज कारागार भित्र रहेकाे कैदीबन्दीहरूकाे रहेकाे छ । नेपालगन्ज कारागारको क्षमता ३ सय ५० जना कैदीबन्दी राख्नु पर्नेमा आजको अवस्थामा ८ सय २० जना रहेका छन् । जसमा ४ सय ३६ जना कैदीहरु रहेका छन् भने ३ सय ८३ जना थुनुवाहरु रहेका छन् । कारागारले धान्न सक्ने क्षमता होईन तर सम्बन्धित निकायको निर्देशनले गर्दा यहाँ राखिन्छ, नेपालगन्ज कारागार कार्यालयका नायव सुव्वा दिपेन्द्र प्रसाद पौडेलले बताए ।
यस कारागारमा ९७ जना विद्यार्थी छन् । उनीहरुलाई पढाईको राम्रो व्यवस्था गरिएको छ । तरपनि एउटा कैदीले पाउनु पर्ने सेवा दिए पनि अपुग जस्तो लाग्ने आफैमा महासुश हुने गर्छ । कैदीले पाउने पर्ने सेवा सुविधा त सरकारले दियो तर उनीहरुको बासस्थान खोई ? हामीले निर्देशन अनुसार चल्नै पर्छ ।
नेपालगन्ज कारागार त एउटा उदहारण मात्र हो नेपालका सबै कारागारहरुमा यस्तै अवस्था छ, जुन कैदीलाई तोकेको संजाय भन्दा धेरै संजाय भोग्नु पर्छ । किनकि तिनीहरु एकदिन कटाउन गाह्रो हुन्छ, जसलाई सामान्य मानिसले महिनाैंसम्म त्यो दुख पाउँदैन । बाँकेमा मात्र ३ ओटा कारागार छन् तर पनि कैदीहरुलाई व्यवस्थित गर्न सकेको छैन सरकार अखिर कनि ? कहिले राख्न सक्छ सरकारले क्षमता अनुसारको कैदीबन्दीहरु ? याे प्रश्न आम नेपालीजनकाे रहेकाे छ ।

देशमा यस्तै अपराधका घट्नाहरु घट्दै गए भने नेपालका सबै जनताहरु कारागार मै हुन्छन कि हुन सक्ने बेर छैन । सरकारले अपराध नियन्त्रणका लागि करोडौँ रकम खर्च गरेको उपलब्धि खोई ? को सँग खोज्ने त्यो उपलब्धि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *