Friday, December 19सत्यम खबर
Shadow

सञ्जय अग्रवालको नेतृत्वमा आमाको माया छात्रावास नेपाल

नेपालगन्ज, २१ मंसिर – जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालको चौथो वार्षिकोत्सवको शनिबार सम्पन्न अधिवेशनबाट सञ्जय अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास नेपालगन्जको शनिबार सम्पन्न चौथो वार्षिकोत्सवमा नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरिएको थियो ।

त्यसैगरी चयन गरिएको कार्यसमिति उपाध्यायमा कुशम दुगड, सचिवमा भावना सापकोटा, कोषाध्यक्षमा दीपिका थापा अधिकारी रहेका छन् भने सदस्यहरुमा क्रमशः दिपक अग्रवाल, कृष्णा ओली, नितेश कनोडिया, शारदा बस्नेत, राजकुमारी साहु, रेखा बोथरा, नन्दलाल वैश्य, प्रिन्सु जैन, किशोर पाण्डे, सुमन गिरी, राजा तिमिल्सिना, बबिता मैनाली तथा निवर्तमान अध्यक्षः आशिष अग्रवाललाई चयन गरिएको छ । यसैगरी सल्लाहकारहरुमा द्रुव वैश्य, सञ्जय थापा, प्रदीप कुमार छाजेड तथा जिल्ला सदस्यमा केदार गुप्तालाई चयन गरिएको जनाईएको छ ।

कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङले छात्रावासको योगदान र विस्तारबारे प्रस्तुति दिएका थिए । उनका अनुसार देशभर सञ्चालनमा रहेका ११ वटा आमाको माया छात्रावासहरुमा करिब ३ सय विद्यार्थी अध्यनरत रहेका छन् । तीमध्ये नारायणगढमा बालिकाहरूका लागि समेत छात्रावास रहेको उल्लेख गर्दै उनले छात्रावासमार्फत संस्कारसहितको उच्च शिक्षाले विभिन्न क्षेत्रमा दक्ष कार्यकर्ता तयार हुँदै आएको बताएका छन् । साथै, जनजाति शिक्षा–संस्कार केन्द्र तथा खेलकुद क्षेत्रमा रुचि राख्नेहरूका लागि खेलकुद केन्द्र पनि सञ्चालनमा रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा आमाको माया छात्रावास नेपालगन्जका अध्यक्ष आशीष अग्रवालले सहयोगदाताहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस पुण्यकार्यमा निरन्तर साथ–सहयोग रहिरहने विश्वास व्यक्त गर्दै अरुले समेत यस पुण्यकार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रमका मुख्य अतिथि भारतका वनवासी कल्याण आश्रमका अखिल भारतीय संगठन मन्त्री अतुल जोगले जनजाति कल्याण आश्रम नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै छात्रावास केवल अध्ययनको केन्द्र मात्र नभई सामाजिक रूपान्तरण र भविष्यका कर्मशील कार्यकर्ता निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । जनजाति कल्याण आश्रम कुनै एनजीओ नभई जनजाति समुदायको सामाजिक उत्थानमा समर्पित संस्था भएको स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपालगन्ज छात्रावासकी कोषाध्यक्ष दीपिका थापा अधिकारीले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । वर्षमा ३ लाख ८६ हजार १ सय ४० रुपैयाँ नगद तथा २ लाख ४ हजार ७ सय ५० रुपैयाँ बराबरको जिन्सी संकलन भई कुल ५ लाख ९१ हजार ७३ रुपैयाँ खर्च भएको जानकारी गराएकी थिईन ।

सामाजिक सुविधाबाट वञ्चित जनजाति समुदायका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले जनजाति कल्याण आश्रमले देशभर ११ वटा आमाको माया छात्रावास सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा वनवासी कल्याण आश्रम भारत राष्ट्रिय संगठन मंत्री अतुल जोग, मधेशी आयोगका विजय गुप्ता, वरिष्ठ अधिवक्ता तथा पूर्वमेयर विजय गुप्ता, आमाको माया छात्रावासका पूर्वअध्यक्ष आशीष अग्रवाल, मारवाडी सेवा समिति काठमाण्डौका अध्यक्ष प्रमोद अग्रवाल, राष्ट्रिय महासचिव जनजाति कल्याण आश्रमका प्रेम थूलुंग लगायतको सहभागिता रहेको थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *